२०८१ असार २९ गते शुक्रवार

संसद अवरोध हटे एमसीसी पेस गर्न दिने एकीकृत समाजवादीको निर्णय

काठमाडौं,फागुन ७ । नेकपा एकीकृत समाजवादीले सहमति जुटेमा अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा पेस गर्न दिने निर्णय गरेको छ ।

शनिबार नयाँ बानेश्वरमा बसेको स्थायी कमिटी बैठकले सहमति जुटेमा एमसीसी पेस गर्न नदिने निर्णय गरेको प्रवक्ता जगनाथ खतिवडाले बताएका छन् ।

तर, नेकपा एमालेले गरिरहेको संसद गतिरोध हट्नुपर्ने एकीकृत समाजवादीको सर्त छ । ‘संसद अवरोध हट्नुपर्छ । एमसीसीबारे छलफल हुने वातावरण बन्नुपर्छ’, खतिवडाले भने ।

बैठकले यथास्थितिमा एमसीसी अनुमोदन गर्न नसकिने निर्णय गरेको छ । ‘यथास्थितिमा एमसीसी पारित गर्न सकिन्न । संशोधन नगरी हुन्न,’ खतिवडाले भने । एसमीसीबारे थप निर्णय लिने अधिकार सचिवालयलाई दिइएको छ ।

प्रकाशित मिति : २०७८ फाल्गुन ७ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *