२०८३ जेष्ठ २६ गते मङ्गलवार

वरिष्ठ गायिका लता मंगेसकरको ९२ वर्षको उमेरमा निधन

काठमाण्डौ,माघ २३ । वरिष्ठ गायिका लता मंगेसकरको ९२ वर्षको उमेरमा निधन भएको छ । आज आइतबार सरस्वती पूजाकै दिन ‘मल्टी अर्गान फेलर’का कारण मंगेसकरको निधन भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई हिजो अस्पताल भर्ना गरिएको थियो । यस अघि उनलाई कोरोना भाइरसको संक्रमणसँगै निमोनिया समेत भएको थियो । तर, उपचारपछि स्वास्थ्यमा क्रमिक सुधार आएपछि उनलाई गएको १४ गते भेन्टिलेटरबाट बाहिर निकालिएको थियो । तर फेरि स्वास्थ्यमा समस्या आएपछि हिजो भेन्टिलेरमा राखेर उनको उपचार थालिएको थियो ।

लता मंगेसकरले १३ वर्षको उमेरदेखि गीत गाउन थालेकी थिइन । उनले ३० हजार भन्दा धेरै गीत गाइसक्नु भएको छ भने भारतीय मात्र नभएर नेपालीलगायत अन्य धेरै भाषामा समेत उनले स्वर दिएकी छिन । उनले बाचुन्जेलीलाई, आकाशमा तिरमिर तारा, जुन बाटोमा लगायत धेरै नेपाली गीतमा स्वर दिएकी छिन ।

उनी फिल्म फेयर पुरस्कारदेखि पद्म भुषण, पद्म विभुषण, राजीव गान्धी पुरस्कार, भारतको सर्वोच्च नागरिक सम्मान भारत रत्न लगायत पुरस्कारबाट सम्मानित भएकी थिइन । उनको जन्म सन् १९२९ मा भारतको इन्दौरमा भएको थियो ।

प्रकाशित मिति : २०७८ माघ २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *