२०८३ भाद्र ११ गते बिहिवार

हिउँदे वर्षाका कारण दाङमा ३० करोड रुपैयाँ बराबरको झण्डै तीन करोड इँटामा क्षति

दाङ,माघ २२ । हिउँदे वर्षाका कारण दाङमा ३० करोड रुपैयाँ बराबरको झण्डै तीन करोड इँटामा क्षति पुगेको छ ।

बिहीवारदेखिको वर्षातका कारण तयारी अवस्थामा राखिएका काँचो इँटामा क्षति पुगेको दाङ देउखुरीका इँटा व्यवसायी सङ्घका अध्यक्ष प्रेमनाथ योगीले जानकारी दिए ।

दाङका विभिन्न ठाउँका इँटा उद्योगमा तयारी अवस्थामा राखिएको झण्डै तीन करोड इँटा पूर्णरुपमा नष्ट हुँदा ३० करोड रुपैयाँ बराबरको क्षति भएको उनले बताए ।

पकाउनका लागि तयारी अवस्थामा राखिएका काँचो इँटामा हिउँदे वर्षाले गर्दा सबै कामै नलाग्ने गरी क्षति पुर्याएको उनले बताए । उनका अनुसार एउटा उद्योगमा तयारी अवस्थामा राखिएका काँचो इँटा झण्डै ९ देखि १५ लाखसम्मको क्षति भएको छ ।

हिउँदे वर्षाले सबैभन्दा धेरै तुलसीपुर क्षेत्रका इँटा उद्योगमा क्षति पुगेको छ । विगतमा जस्तै यो वर्ष पनि हिउँदे वर्षाले इँटामा ठूलो क्षति पुगेको उहाँले बताउनुभयो ।

इँटामा ठूलो मात्रामा क्षति पुगेकाले अबको केही दिनमा इँटाको अभाव हुन सक्ने उहाँले बताउनुभयो। अहिले जिल्लामा ३५ वटा इँटा उद्योग रहेका छन् । ती मध्ये केही इँटा उद्योग बन्द हुने अवस्थामा पुगेका छन् ।

प्रकाशित मिति : २०७८ माघ २२ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *