२०७८ माघ १० गते सोमवार

सक्षम युवाहरूको आकर्षणको केन्द्र अब कांग्रेस मात्रै हो– अमरसिंह पुन

रोल्पा, पुस २९ । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन मगरले सभापति पुनले सक्षम र क्षमतावान युवाहरूको आकर्षणको केन्द्र अब कांग्रेस मात्रै भएको बताएका छन् ।

कांग्रेस रोल्पाले नवनिर्वाचित प्रदेश सभापति पुनको सम्मानमा आयोजित कार्यक्रममा प्रदेश सभापति पुनले आँफु प्रदेशमा सोही खाकासहित अगाडि बढ्ने बताए ।

‘ म सबै इमान्दार कांग्रेस नेता तथा कार्यकर्तालाई साक्षी राखेर रोल्पाको शिर निहुराउने कुनै काम नगर्ने प्रतिज्ञा समेत गर्दछु,’ उनले भने ‘ म निर्वाचन पछिको हार्दिकतालाई कायम राख्दै संगठन निर्माण, सबलीकरण तथा सुढृढीकरणमा इमान्दारीका साथ लाग्ने छु ।’

इतिहासले काँग्रेस बाहेक अन्य पार्टीबाट परिवर्तन र रुपान्तरण संभव नभएको स्पष्ट भइसकेको भन्दै लुम्बिनी सभापति पुनले देश काँग्रेसले हार्दा नै देश बिकाशमा ब्रेक लागेको बताए ।

त्यही भएर राष्ट्रको लागि केही योगदान दिन आफू काँग्रेस राजनीतिमा आएको उनले दाबी गरे । ‘म सम्पूर्ण पेशा व्यवसाय र सुखद जीवन त्यागेर राजनीतिमा आएको हुँ,’ उनले भने ‘मेरो एउटा निर्विकल्प पेशा भनेको राजनीति हो । म मेरो जिल्ला, प्रदेश र समग्र राष्ट्रलाई केही योगदान दिने संकलन र अठोट सहित राजनीतिमा आएको हुँ ।’

प्रकाशित मिति : २०७८ पुष २९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *