२०८३ जेष्ठ ३० गते शनिवार

दाङका ५ नेता काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचित

तुलसीपुर, पुस ८ । दाङका पाँच नेता नेपाली काँग्रेसको १४औं महाधिबेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।
नेताहरु दीपक गिरी, गेहेन्द्र गिरी, कृष्णकिशोर घिमिरे, शिला शर्मा खड्का र योगेन्द्र चौधरी केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन । यी मध्य गेहेन्द्र गिरी र कृष्ण किशोर घिमिरे पहिलो पटक केन्द्रीय सदस्यमा निर्वाचित भउका हुन ।

पूर्व मन्त्री दीपक गिरी र पूर्व सांसद कृष्ण किशोर घिमिरे ३५ खुल्ला सदस्यमा निर्वाचित भएका हुन । यी दुई नेताले मात्रै खुल्ला तर्फ प्रतिस्पर्धा गरेका थिए । गिरी पहिले नै केन्द्रीय सदस्य थिए । तर, घिमिरे भने पहिलो पटक केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन । गिरी संस्थापन इतर र घिमिरे संस्थापन पक्षबाट निर्वाचित भएका हुन ।

तुलसीपुरका गिरीले दाङको क्षेत्र नं. ३ बाट प्रतिनिधित्व गर्छन भने घोराहीका घिमिरे क्षेत्र नं. २ बाट प्रतिनिधित्व गर्छन ।
तुलसीपुरकै गेहेन्द्र गिरी बिहीबार खस आर्यतर्फबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । पूर्व सांसद तथा पूर्व जिल्ला सभापति गिरी नाताले दीपक गिरीका दाजु हुन ।

त्यस्तै निर्वाचन क्षेत्र नं. १ बाट स्वर्गिय खुमबहादुर खड्काकी श्रीमति शिला शर्मा खड्का लुम्बिनी प्रदेशको भूगोलबाट खुल्ला सदस्यमा निर्वाचित भएकी छन् । उनी यसअघि पनि केन्द्रीय सदस्य थिइन । श्रीमानको मृत्यु पछि शिला र उनका एक्ला छोरा अनुराग राजनीतिमा सक्रिय भएका छन् ।

त्यस्तै सोही क्षेत्रबाट प्रतिनिधित्व गर्ने नेता योगेन्द्र चौधरीपनि केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । चौधरी थारु खुल्ला कलष्टरबाट निर्वाचित भएका हुन । चौधरीले बिजयकुरमा गच्छदारको फोरम लोकतान्त्रिकबाट पार्टी समायोजनका क्रममा केन्द्रीय सदस्य बनाएका नेता हुन ।

निर्वाचित पाँच मध्य चार जना संस्थापन पक्षधर र एकजना मात्रै संस्थापन इतरका हुन । नेता दीपक गिरी बाहेक अन्य सबै संस्थापन इतरका हुन ।

प्रकाशित मिति : २०७८ पुष ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *