२०८३ जेष्ठ ३० गते शनिवार

रुकुमका मानबहादुर नेपालीले काँग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरे

दाङ, मंसिर २० । रुकुम पश्चिमका नेपाली काँग्रेसका पूर्व जिल्ला सभापति मानबहादुर नेपालीले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने बताएका छन् ।

दलित कोटाबाट उम्मेदवारी दिने जानकारी दिएका छन् । १३औं महाधिबेशनमा उनी केन्द्रीय सदस्यमा झिनो मत अन्तरले पराजित भएका थिए ।

नेता नेपाली नेपाली काँग्रेस भित्र दलित समुदायबाट पहिलो जिल्ला पार्टी सभापति हुन । उनी २०६७ सालदेखि २०७२ माघ २५ गतेसम्म साविक रुकुम जिल्लाको सभापति भएका थिए ।

राष्ट्रिय दलित आयोगका पूर्व अध्यक्ष समेत रहेका नेता नेपालीले माओबादीको उद्गम थलो मानिने रुकुममा प्रजातन्त्र जोगाउन अनबरत रुपमा लागि परेको दाबी गरे ।

‘अहिले सम्म रुकुमबाट काँग्रेसको कोही पनि भएको छैन,’ उनले भने ‘समग्र कर्णाली प्रदेशको दलितको नेतृत्व गर्दै म उम्मेदवारी दिन चाहान्छु ।’उनले संस्थापन पक्षबाट उम्मेदवारी दिने जानकारी दिए ।

प्रकाशित मिति : २०७८ मङ्सिर २० गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *