२०८१ बैशाख ७ गते शुक्रवार

तुलसीपुरमा हुने थारु महोत्सवको तयारी पूरा

फाइल फोटो

अञ्जना चौधरी,
दाङ,पुस २४ । तुलसीपुर तुलसीपुरमा बुधबार हुन गईरहेको दाङ क्षेत्र नं ३ स्तरीय माघी बिशेष सांस्कृतिक महोत्सवको तयारी पुरा भएको छ । स्वागत गेट निर्माणदेखि स्टेज निर्माणको सम्पूर्ण काम पुरा भएको छ । कार्यक्रम स्थल आसपमा मंगलवार सरसफाई पनि गरिएको छ । ‘थारु संस्कृती हमार पहिचान, भुह्याँर ठन्ह्वा बचैना हमार अभियान’ भन्ने सन्देशका साथ हुन गइरहेको साँस्कृतिक कार्यक्रमको उद्घाटन् पातुप्रगन्ना देशबन्ध्या गुरुवा लक्ष्मण चौधरीले गर्ने तयारी भएको छ ।

नमुना भुँह्यार थानका अध्यक्ष रामशरण चौधरीले कार्यक्रममा प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसी, प्रदेशसभा सदस्य डिल्लीबहादुर चौधरी, इन्द्रजित चौधरी, धमकली चौधरी, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे लगाएतको उपस्थिति रहने जानकारी दिएका छन् ।

महोत्सवमा हालसम्म ३९ वटा नाचले प्रस्तुती गर्नको लागि दर्ता भएको भएका छन् । दर्ता भएका सबै नाचको प्रतियोगिता हुने भएको छ ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय हुनेलाई उचित पुरस्कारको व्यबस्था पुरस्कारको व्यबस्था गरिएको छ । त्यसैगरी कार्यक्रममा ८० बर्ष माथिका पाँचजना जेष्ठ नागरिक, विभिन्न गाउँका २० जना महटवा र २ जना पत्रकार, कलाकारलगायतलाई सम्मान गरिने भएको छ । महोत्सवको पूर्बसन्ध्यामा २५ गते विहान १० वजे नमुना भुह्याँर थानबाट थारुहरुको पहिचान झल्किने झाँकीसहितका ¥याली निकालिने अध्यक्ष चौधरीले जानकारी दिए ।

तुलसीपुर ५ जवरपुरमा रहेको नमुना भुइँह्यार थान परिसरबाट निकालिएको ¥यालीले तुलसीपुर बजार परिक्रमा गरी पुनः भुह्याँर थानमा पुग्ने अध्यक्ष चौधरीले जानकारी दिए ।

प्रकाशित मिति : २०७५ पुष २४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *