२०७७ मङ्सिर १७ गते बुधवार

तोरीवारीमा एकजना मृत फेला

दाङ,पुस २४ । दाङको शान्तिनगर गाउँपालिका वडा नम्वर ३ पाटेटाकुरा निवासी ४२ बर्षीय डम्बर केसी तोरी बारीमा मृत फेला परेका छन् । उनी स्थानीय एकजना व्यक्तिको तोरिबारीमा मृत फेला परेका हुन ।

प्रेसरको औषधी सेवन गर्दै आएका केसीले उक्त दिन मादक पदार्थ समेत सेवन गरेको हुँदा त्यही कारण मृत्यु भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । यसैबीच पोष्ट मार्टम पछि केसीको शव आफन्तले बुझेको प्रहरीले जनाएको छ । पुस २२ गते दिउँसो घरबाट निस्किएका केसी २३ गते विहान ८ वजेतिर तोरीबारीमा मृत फेला परेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७५ पुष २४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *