२०८३ जेष्ठ ३० गते शनिवार

तुलसीपुर गौलौराबाट सयौं गाई फूलबारीको गौशालामा स्थान्तरण गरिए

तुलसीपुर, कात्तिक १९ । तुलसीपुरको गोलौरास्थित गौशालाका सयौं गाईहरु फूलबारीमा स्थानान्तरण गरिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ६ गोलौराबाट वडा नम्वर १३ फूलबारीस्थित गौशालामा सयौं गाईहरु स्थानान्तरण गरिएको हो ।

तुलसी गौशाला तथा सरसफाई ब्यबस्थापन बहुउदेश्य सहकारी संस्थाले फूलबारीमा ७ बिगाह क्षेत्रफलमा गौशाला निर्माण गरेपछि गोर्बधन पूजाको अवसर पारी गाई पुजनसहित गौसाला स्थानान्तरण गरेको हो । गौशालाको लुम्बिनी प्रदेशका शहरी विकास तथा पर्यटन मन्त्री डिल्लीबहादुर चौधरीले उद्घाटन गरेका हुन ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले गौशाला सञ्चालनका लागि प्रदेश सरकारले साझेदारी गर्ने आश्वासन दिए ।
उनले छिमेकी मुलुक भारतमा ठूला गौशाला सञ्चालनमा रहेको उदाहरण प्रस्तुत गर्दै फूलबारीको गौसाला ब्यबस्थित बताउन ती ठाँउको अवलोकन भ्रमण आवश्यक रहेको बताए ।

फूलबारी क्षेत्रमा डिप टिबवेलहरु खनेर, तटबन्धहरु ग्रि कृषिमा फड्को मार्न सकिने मन्त्री चौधरीले बताए । उनले फूलबारी क्षेत्रमा प्रदेश सरकारले प्रदेश यूर्निभरसिटी बनाउन चाहेको जानकारी दिए । त्यो संभव नभएर बालबालिका र महिलाको लागि तुही क्षेत्रमा युर्निभरसिटी बनाउने आश्वासन पनि उनले बाँडेका थिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले पर्यटन प्रर्बद्धनमा गौशालाले मद्दत गर्ने आशा ब्यक्त गरे । गाई र मानिस बीचको सम्बन्ध परापूर्वक कालदेखि रहेको हुँदा गाई र मानिस एक अर्काको परिपुरक भएको बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै तुलसीपुर ६ का वडाध्यक्ष एव तुलसीपुर वातावरण समितिका संयोजक नवराज लामिछानेले छाडा पशुचौपायको ब्यवस्थापनले बजार ब्यबस्थि तगर्न तथा सवारी दुर्घटना न्यूनिकरण गर्न सहज हुने उनले ब बताए ।
उपमहानगरपालिकाको ४७ लाख बराबरको शेयर लगानी र तुलसी सहकारी संस्थाको करिब ६५ लाख बराबरको शेयर लगानीबाट गौशाला निर्माण भएको उनले जानकारी दिए ।

सडकमा छाडा छोडेका गाईलाई संरक्षण र सम्बद्र्धन गरि सहरलाई व्यवस्थित गराउने उदेश्यका साथ फूलवारीमा २ करोड बढी लगानीमा गौशाला सञ्चालनमा आएको तुलसी गौशाला तथा सरसफाई व्यवस्थापन बहुउदेशीय सहकारी संस्थाका अध्यक्ष बीरबहादुर भण्डारी (मोहन)ले जानकारी दिए ।

यो गौशाला २०७६ सालदेखि निर्माण सुरु भएको थियो । तुलसी गौशालाको आधारभूत पूर्वाधार निर्माण सुरु भएको थियो । अहिले गौशालामा ४ सय गाईहरु राखिएका छन् ।

तुलसीपुर बजारका छाडा गाईको व्यवस्थापन २०७६ सालदेखि नै गर्न थालिएको थियो । त्यसरी संकलित गाईलाई बिगत दूई बर्ष भन्दा बढी समय अघिदेखि तुलसीपुर ६ गौलौरास्थित अस्थायी गौशालामा राखिदै आइएको थियो ।

तुलसीपुर उपमहानगरपालिकाको शेयर लगानीमा तुलसी गौशाला तथा सरसफाई व्यवस्थापन बहुउदेशीय सहकारी संस्था सञ्चालनमा ल्याएको हो । सात विगाह क्षेत्रफलमा गौशाला रहेको छ । तुलसीपुर उपमहानगरपालिकाको स्वामित्वमा रहेको झण्डै ३ बिगाह क्षेत्रफल र अन्य ४ बिगाहा समेत गरि ७ बिगाह क्षेत्रफलमा नँया ब्यबस्थापनका साथ गौशाला सञ्चालनमा ल्याएको हो ।

तुलसीपुर ६ स्थित अस्थायी ‘तुलसी गौशाला’बाट झन्डै तीन सय जति गाईहरु हालसालै त्यहाँ लगेर पाल्न थालिएको हो । केही गाई पहिलेदेखि नै फूलबारीको गौशालामा राखिदै आइएको थियो ।

तुलसीपुर बजार क्षेत्रमा छाडा रहेका गाईलाई एकीकृत गरि तुलसीपुरको गोलौरामा बिगत केही बर्षदेखि अस्थायी गौशाला सञ्चालन गरिदै आइएको थियो ।

प्रकाशित मिति : २०७८ कार्तिक १९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *