२०८१ बैशाख २१ गते शुक्रवार

तुलसीपुरका ८ जुवाडे धरौटीमा छुटे, प्रहरीले झुट बोल्यो

तुलसीपुर, कात्तिक १५ । कात्तिक १२ गते दिउँसो पक्राउ परेका आठ जुवाडे आइतबार धरौटीमा रिहा भएका छन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ रजौंराबाट शुक्रबार दिउँसै जुवा खालमा छापा हानेर प्रहरीले झन्डै दुई लाख नगदसहित आठ जुवाडे पक्राउ गरेको थियो ।


सोही बराबरको बिगो माग गरि उनीहरु आइतबार बेलुका छुटेका छन् । प्रहरीले भने उनीहरुका बिरुद्ध थप चार दिन थुनामा राख्न म्याद थप भएको भनेर गलत सूचना प्रवाह गरेर झुक्याउने काम गरेको छ ।

‘हामीले चार दिनको म्याद थपका लागि जिल्ला प्रशासनमा सिफारिस गरेका थियौं,’ इलाका प्रहरी कार्यालय तुलसीपुरका एक प्रहरी अधिकारीले भने ‘ तर, सरकारी वकिलको कार्यालयले ती जुवाडेलाई बिगो बराबरको धरौटीमा छोड्न आदेश भएपछि हामी बाध्य भयौं।’


सर्वसाधारणहरु भने प्रहरीले पक्राउ परेका मध्य केही पेशेबेर जुवाडे रहेको हुँदा दबाब थेग्न नसकेर समाजलाई भ्रमित पार्ने गरि मिडियालाई गतल सूचना प्रवाह गरेर झुक्याउने काम गरेको भन्दै खिन्नता ब्यक्त गरेका छन् ।

‘ कानुन सबैलाई समान हुनुपर्छ र गलत गर्ने सबैलाई समान ब्यबहार हुनुपर्छ,’ एक अधिकारकर्मीले प्रश्न गरे ‘राजनीतिमा पहुँच भएका र हाइप्रोफाइलका जुवाडे पक्राउ पर्दा सेटिङ छोड्ने हो भने प्रहरीलाई कसरी विश्वास गर्न सकिन्छ।’


उनले प्रहरी प्रशासनका उच्च अधिकारीहरुको मिलेमतोमा जुवाडे छोडिनु गलत भएको बताए ।

‘बिकाउ, कमजोर, निकम्मा प्रहरी प्रशासन हामीलाई चाहिएको हैन,’ उनले भने ‘ कानुन सबैका लागि बराबर छ र गल्ती गर्ने जो कोहीलाई समान रुपमा कारबाही हुनुपर्छ ।’


तुलसीपुरमा हाइप्रोफाइलका जुवाडे पक्राउ परेपछि जिल्लाका प्रहरी अधिकारीले इलाका प्रहरी कार्यालयलाई र इलाका प्रहरी कार्यालयका प्रहरी अधिकारीले जिल्लाका प्रहरी अधिकारीलाई घटनाबारे सोधपुछका लागि आग्रह गरेर आफ्नो कमजोर मनस्थिति उजागर गरेका छन् ।

प्रकाशित मिति : २०७८ कार्तिक १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *