२०८२ जेष्ठ ११ गते शुक्रवार

प्रविधि विनाको शिक्षा अधुरो : नगरप्रमुख पाण्डे

तुलसीपुर,पुस २२ । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले प्रविधि विनाको शिक्षा अधुरो हुने वताएका छन् । अहिलेको समय सूचना र प्रविधिको भएको भन्दै नगरप्रमुख पाण्डेले प्रविधि विनाको ज्ञान अपुरो हुने वताए । टिच फर नेपालका फेलोहरुले सामुदायिक र निजी विद्यालयमा कार्यरत शिक्षकहरुका लागि आयोजना गरेको शैक्षिक प्रविधि तालिममा वोल्दै नगरप्रमुख पाण्डेले स्मार्ट एजुकेशनका लागि उपमहानगरपालिकाले विशेष योजना निर्माण गरेको वताए । “अवको शिक्षा भनेको स्मार्ट प्रविधियुक्त हुनु पर्दछ” नगरप्रमुख पाण्डेले वताए । प्रविधि नै विकासको आधार भएको भन्दै पाण्डेले आजका शिक्षकहरुले प्रविधिको प्रयोगमा ध्यान दिनुपर्ने वताए ।

तुलसीपुर उपमहानगरपालिका भित्रका १३ वटा विद्यालयका शिक्षकहरुका लागि प्राविधिक सीपका लागि तालिम आयोजना गरिएको संयोजक सन्तोष लम्सालले वताए । उनले अध्यापनका क्रममा आवश्यक पर्ने विभिन्न सिपका वारेमा तालिममा जानकारी दिइने समेत वताए । टिच फर नेपालका फेलो सुवर्ण वस्नेतका अनुसार शिक्षकहरुलाई पावर प्वाइन्ट निर्माणका साथै इन्टरनेटबाट शैक्षिक सामग्रीको खोजि र त्यसको कक्षाकोठामा प्रस्तुती लगायतका प्राविधिक विषयमा जानकारी दिइनेछ । पहिलो पटक आयोजना गरिएको तालिम विभिन्न चरणमा सञ्चालन गरिने संयोजक लम्सालले जानकारी दिए ।

प्रकाशित मिति : २०७५ पुष २२ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *