२०७७ माघ ३ गते शनिवार

जापान बाट कवरलाई ४६ हजार सहयोग प्राप्त

farakkon.com

दाङ, पुस २२ । कामको खोजीमा विदेशियका युवा युवतीहरुले एकजना विरामीको उपचारमा सहयोग पुगोस भनेर रकम सहयोग गरेका छन् । रोल्पा जिल्लाको रुन्टीगडी गाउँपालिका घर भइ हाल दाङको घोराहीमा बस्दै आएका विरामी अवस्थामा रहेका खिम कवरको उपचारमा सहयोग पुगोस भनेर जापानमा रहेका युवा युवतीले संकलन गरेको साढे ४६ हजार रकम हस्तान्तरण गरिएको छ ।

पुरानो राप्ती अंचलको विभिन्न जिल्लामा बसोबास गर्ने तर हाल जापानमा रहेका विभिन्न व्यक्तिहरुको समुह गोगोड ग्रुप नामक विद्यार्थी समाज र अन्तराष्ट्रिय रोल्पाली सेवा समाज जापानका सदस्इ खिमा डाँगीको पहलमा उक्त रकम संकलन भएको जानकारी दिइएको छ । त्यो रकम खिम कवरको पत्नि खिमा कवरलाई तुलसीपुरमा हस्तान्तरण गरिएको हो ।

अन्तराष्ट्रिय रोल्पाली सेवा समाजका अध्यक्ष सन्दिप थापा र कोषाध्यक्ष नेपबहादुर पुनले उक्त रकम हस्तान्तरण गरिएको थियो । रकम बुझ्दै खिमा कवरले सहयोग संकलन गर्ने र त्यो आफुलाई प्रदान गर्ने सबैप्रति धन्यवाद ज्ञापन गरेकी थिइन । फोक्सोका विरामी खिम कवरको हाल भारतमा उपचार भइरहेको पन्ति खिमा कवरले जानकारी दिएकी छन् ।

‘भए भरको संपत्ति उपचारमै सकियो, बेच्ने चिजपनि केही छैन,’ खिमा कवरले भनिन् ‘ अन्य दाजुभाई तथा दिदी बहिनीहरुले पनि यसैगरी मानविय भावनाले सहयोग गरिदिए मेरो सिन्दुरको रक्षा हुने थियो ।’

प्रकाशित मिति : २०७५ पुष २२ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *