दिप्तीशिखा चौधरी
दंगीशरण, २० पुस ।
दंगीशरण गाउँपालिका वडा नम्बर ६ पर्सडुवा माविमा शुक्रबार प्रहरी विद्यालय सम्पर्क समिति गठन गरीएको छ । सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत ईलाका प्रहरी कार्यालय श्रीगाउँले सो समिति गठन गरेको हो । विद्यालयका प्रधानाध्यापक पदम बहादुर वलीको संयोजकत्वमा १० सदस्यीय प्रहरी विद्यालय सम्पर्क समिति गठन गरिएको हो । जसको सदस्य सचिवमा प्रहरी चौकी बागरका प्रहरी हवलदार जित बहादुर वली रहेका छन् ।
त्यसैगरी सदस्यहरुमा शिक्षक पुष्कर राज डाँगी, बाल क्लवका बालकृष्ण गिरी, करुणा वली, युवराज दाहाल, विद्यार्थी प्रतिनिधि मञ्जु डाँगी, अभिभावक प्रतिनीधि हर्क बहादुर थापा, बासुदेव चौधरी, सुशीला खनाल, विद्यालय जुनियर रेडक्रस सोसाईटीका अध्यक्ष प्रभा खड्का रहेका छन् । प्रहरी चौकी बागरका ईञ्चार्ज जोरासिंह अधिकारीको अध्यक्षता एवं शिक्षक अभिभावक संघका अध्यक्ष बासु चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।
कार्यक्रमको सहजीकरण शिक्षक कैलाश अधिकारीले गरेका थिए । समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत प्रहरीले पालिकाका सामुदायीक विद्यालयहरुमा प्रहरी विद्यालय सम्पर्क समिति गठन गर्दै आएको छ । समुदायमा हुने महिला तथा बालबालिकाविरुद्ध हुने हिंसा, यौन दुब्र्यवहार, घरेलु हिंसा, लागूऔषध, बालविवाह, ट्राफिक सचेतनाजस्ता घटनामा समुदाय र प्रहरीको सहकार्यमा न्यून गर्ने उद्देश्यले प्रहरीले यस्तो खालको कार्यक्रम ल्याएको जनाएको छ ।