२०८२ कार्तिक २९ गते शनिवार

एमाले संसदीय दलको बैठक सुरु

काठमाण्डौ,भदौ २३ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको संसदीय दलको बैठक बसिरहेको छ । बैठकले आजको संसद बैठकबारे रणनीति तय गर्नेछ ।

बानेश्वरमा रहेको संसद भवनको लोत्से हलमा बसिरहेको बैठकमा अध्यक्ष समेत रहेका संसदीय दलका नेता केपी शर्मा ओलीले एमालेले संसदमा खेल्ने भूमिकाबारे ब्रिफिङ गर्नेछन ।

एमालेले माधवकुमार नेपालसहितका १४ जना सांसदलाई गरेको कारबाहीलाई सभामुख अग्निप्रसाद सापकोटाले आवश्यक प्रकृया अगाडि नबढाएको भन्दै असन्तुष्टि जनाउँदै आएको छ ।

यसैबीच नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको बैठक दिउँसो बस्दैछ । आजदेखि सुरु हुने दुवै संसदको बैठकमा पार्टीको रणनीति बनाउन बैठक बस्न लागेको नेता जीवनराम श्रेष्ठले जानकारी दिए ।

एकीकृत समाजवादी दल पहिलोपटक संसदको बैठकमा सहभागी हुनेछ । संसद बैठक आज दिउँसो ४ बजे बस्दैछ ।

 

प्रकाशित मिति : २०७८ भाद्र २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *