२०८१ चैत्र ४ गते सोमवार

जनप्रतिनिधिले दल रोज्ने आज अन्तिम दिन

काठमाण्डौ,भदौ २२ । निर्वाचन आयोगले जनप्रतिनिधिलाई दल रोज्न दिएको समयसीमा आज सकिँदैछ ।

राजनीतिक दलसम्बन्धी नयाँ अध्यादेश आएपछि विभाजित भएका एमाले र जसपाका जनप्रतिनिधिले दल रोज्ने समयावधि आज बेलुका ५ बजे सकिन लागेको हो ।

२० प्रतिशत सांसद तथा केन्द्रीय सदस्य भएकै आधारमा दल विभाजन गर्न मिल्ने गरी सरकारले अध्यादेश ल्याएपछि नेकपा एमालेका नेता माधवकुमार नेपाल र जनता समाजवादीका महन्थ ठाकुरले नयाँ दल दर्ता गरेका थिए ।

नेकपा (एकीकृत समाजवादी)  र लोकतान्त्रिक समाजवादी पार्टी बनेपछि दल रोज्न जनप्रतिनिधिलाई निर्वाचन आयोगले आजसम्मको समयावधि दिएको थियो ।
प्रदेश र पालिकाका जनप्रतिनिधिलाई आयोगले दल रोज्न गएको भदौ २ गतेदेखि २१ दिनको समय दिएको थियो ।

प्रकाशित मिति : २०७८ भाद्र २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *