दाङ, पुष १४ । तीन वटा सरिया छिरेर घाइते भएकी तिला परियारलाई सुपरटोल बिकास संस्थाले सहयोग प्रदान गरेको छ । परियारको उपचारका लागि भन्दै घोराही उप–महानगरपालिका वडा नं. १५ स्थित सुपरटोल विकास ंसंस्थाले नगद २० हजार सहयोग प्रदान गरेको हो । संस्थाको शनिवार घोराहीमा भएको आठौँ अधिबेशनका क्रममा त्यो सहयोग रकम हस्तान्तरण गरिएको हो । गत असोज २१ गते दुर्घटनापरी घाईते भएकी घोराही उप–महानगरपालिका वडा नं. ३ झिंनीकी परियार अझै उपचाररत छिन ।
उमेश मार्ग नजिक मोटर साईकलले ठक्कर दिदा तिलाको शरिरमा तीन वटा सरिया छिरेको थियो । घाइते परियारलाई काठमाडौ स्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर झण्डै दुई महिना उपचार पछि डिस्चार्ज गरिएको थियो । यसैबीच तिलाको उपचारका लागि सहयोग गरेको भन्दै पत्रकार महासंघ दाङका सदस्य जनक नेपालीलाई सम्मान गरिएको छ । नेपालीलाई टोल विकास संस्था बाट १ हजार १ सय र स्थानीय किरण दाहालले ३ हजार रुपैंया पुरस्कार स्वरुप प्रदान गरेका हुन ।
टोल विकास संस्थाको अध्यक्षमा गुप्ता
संस्थाले माधव गुप्ताको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । जस्को उपाध्यक्षमा शान्ता घिमिरे, सचिवमा हरि खरेल, कोषाध्यक्षमा मित्रदेव अधिकारी चयन हुनुभएको छ ।यस्तै सदस्यहरुमा गोपाल घिमिरे, विश्वमाया धिताल, किरण दाहाल, थानेश्वर आचार्य र विनोद चौधरी चयन गरिएका छन् ।