२०७७ कार्तिक १२ गते बुधवार

अदालतले एकलाख बढी जरिवाना तोकेका व्यक्ति पक्राउ

दाङ, पुस १४ । अदालतले एक महिना कैद र एकलाख बढी रकम जरिवानाको तोकेका एकजना व्यक्ति पक्राउ परेका छन् । दाङको घोराही उपमहानगरपालिका वडा नं. १८ फुर्सेखाली निवासी रमन बुढा मगरलाई घरमै लुकिछिपी बसेको अवस्थामा शुक्रवार पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

एउटा चोरी मुद्दाका संलग्न रहेको ठहर गर्दै बाँके जिल्ला अदालतले बुढा मगरलाई २०७३ साल असोज ९ गते एक महिना कैद र एकलाख दश हजार तीन सय दश रुपैंया जरिवानाको फैसला सुनाएको थियो । दाङका प्रहरी प्रमुख एवं एसपी बेलबहादुर पाण्डेले लुकिछिपी बस्दै आएका बुढा मगरलाई गोप्य सुचनाको आधारमा पक्राउ गरिएको बताए । पक्राउ परेका बुढा मगरलाई दाङ देउखुरी जिल्ला अदालतको आदेशमा घोराही कारागारमा पठाइएको एसपी पाण्डेले जानकारी दिए ।

प्रकाशित मिति : २०७५ पुष १४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *