२०८१ चैत्र १३ गते बुधवार

चुरोट बाट सल्किएको आगोले महिलाको मृत्यु

झुपु बुढा क्षेत्री,
हापुरे, पुस १४ । पश्चिम दाङमा चुरोटको ठूटोवाट सल्किएको आगोले एकजना महिलाको मृत्यु भएको छ । बबई गाउँपालिका वडा नं. ७ पातुखोला निवासी ७६ बर्षीया डल्ली बोटेले आफैंले खाएको चुरोटको ठूटो बाट आगो सल्किएर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । बवई गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष महाविर चौधरीले विरामी अवस्थामा रहेकी बोटे घरमा एक्लै रहेको र उनले आफैंले खाएको चुरोट फाल्दा सिरकमा आगो लागेपछि त्यसैमा जलेर मृत्यु भएको जानकारी दिए ।

जेष्ट नागरिक बोटे घरमा एक्लै रहेको हुँदा कतिबेला आगो लागि भएर उनको मृत्यु भएको हो भन्ने कुरा एकिन नभएपनि शुक्रवार राति नै उनको आगो लागि बाट मृत्यु भएको स्थानीयले बताएका छन् । भुलमा पराल विच्छाएर सुतेकी बोटेको कोठाको सिरक र अन्य कपडा जलेपनि घरमा भने आगो नलागेको हुँदा आगलागी बारे गाउँलेले रातिमा जानकारी पाउन सकेनन् ।

घटनावारे शनिवार विहान मात्रै पत्ता लागेको प्रहरीले जानकारी दिएको छ । घरमा एकजना नातीनी बुहारी मात्रै रहेको भएपनि गएराति उनी छुट्टै घरमा सुतेको हुँदा आगलागी बारे कसैले थाहाँ नपाएको प्रहरीले जानकारी दिएको छ । बोटेका परिवारका सदस्य कामको खोजीको सिलसिलामा छिमेकी देश भारतमा रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७५ पुष १४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *