२०८१ फाल्गुन ६ गते मङ्गलवार

रुकुममा ट्याक्टर दुर्घटनामा एकको मृत्यु एक घाइते

रुकुम (पूर्व), पुस १३। रुकुम पूर्वमा बिहीबार अपराह्न ४ बजेतिर ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् । जिल्लाको पुथा उत्तरगङ्गा गाउँपालिका तकसेराबाट कोलतर्फ जाँदै गरेको रा १ त १६९४ नंको ट्याक्टर सोही गाउँपालिका–१२ को गर्खानीमा दुर्घटना हुँदा ट्याक्टरमा सवार भुमे गाउँपालिका–१ पञ्चासेका १६ वर्षीय बिस्मत गुरुङको मृत्यु भएको रुकुम पूर्व जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

सोही दुर्घटनामा परी रुकुम (पश्चिम) आठबिसकोट नगरपालिकाका दिलीप विक घाइते भएका छन् । हिउँमा चिप्लिएर ट्याक्टर सडकबाट करीब ३०० मिटर तल खसेको बताइएको छ । घाइते विकको जिल्ला अस्पताल सल्ले रुकुम (पश्चिम)मा उपचार भइरहेको छ । ट्याक्टर चालक दाङका सन्तोष चौधरी फरार रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७५ पुष १३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *