
काठमाडौं, साउन १२ । सरकारले लुम्बिनी र गण्डकी प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गर्ने निर्णय गरेको छ । मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लुम्बिनीमा अमिक शेरचन र गण्डकीमा पृथ्वीबहादुर गुरूङलाई प्रदेश प्रमुख बनाउने निर्णय गरेको हो।
घिल्लो सरकारले प्रदेश प्रमुख बनाएका गण्डकीकी सीता पौडेल र लुम्बिनीका धर्मनाथप्रसाद यादव यो निर्णय संगै हटेका छन् । लुम्बिनीका प्रदेश प्रमुख बनेका शेरचन यसअघि गण्डकीका प्रदेश प्रमुख थिए। नेकपा एमाले विघटन भएपछि ओली सरकारले उनलाई हटाएर पौडेललाई गण्डकीकी प्रदेश प्रमुख बनाएको थियो।
मन्त्रिमपरिषद्ले सिफारिस गरेका उनीहरूलाई राष्ट्रपतिले प्रदेश प्रमुख नियुक्त गर्ने छिन् । प्रदेश प्रमुख परिवर्तन भए संगै अब मुख्य मन्त्री शंकर पोखरेलको पनि दिनगन्ति सुरु भएको चर्चा सुरु भएको छ ।
प्रकाशित मिति : २०७८ साउन १२ गते मङ्गलवार