२०७७ कार्तिक १५ गते शनिवार

सल्यानको सारपानी गर्पामा कृषिलाइ प्रवद्र्धन गर्नेगरि योजनाहरु सञ्चालन हुँदै

सल्यान, पुस १० । सल्यानको सारपानी गर्पामा कृषिलाइ प्रवद्र्धन गर्ने गरि यस वर्ष योजनाहरु सञ्चालन हुने भएका छन् । कपुरकोट गाउँपालिका वडा नम्बर १ र २ साविकको सारपानी गर्पा गाविसमा कृषि सडक, कृषि टहरा लगाएतका योजनाहरु सञ्चालनको क्रममा रहेको सम्बन्धीत वडा कार्यालयहरुले जनाएका छन् ।

वडा नम्बर १ मा विभिन्न १४ वटा योजनाहरु सञ्चालनको क्रममा रहेको वडा अध्यक्ष बालाराम खड्काले जानकारि दिएका छन् । धेरै घरपरिवार तरकारि तथा फलफुल खेतीमा आवद्ध भएकाले उत्पादित वस्तु बजार सम्म पुर्याउनकान लागी कृषि सडक, तरकारि संकलनका लागी टहरा निर्माण सम्बन्धी योजनाहरु गाउँपालिकामा धमाधम सम्झौता भइरहेको उनले बताए ।

यस्तै वडा नम्बर २ मा पनि १३ वटा योजनाहरु यस वर्ष सञ्चालन गर्न लागीएको वडाअध्यक्ष मान बहादुर रानाले बताएका छन् । नमुना वडा बनाउने उद्देश्यमा लागेको जनाउँदै उनले हरेक योजनाको प्रभावकारि अनुगमन गरिने पनि बताएका छन् । केहि ठूला योजनाहरु गाउँपालिकाले सञ्चालन गर्ने पनि वडाध्यक्ष रानाले बताए ।

प्रकाशित मिति : २०७५ पुष १० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *