२०८१ माघ २६ गते शनिवार

घर्ती परिवारलाई मगर संघको राहात

तुलसीपुर, ९ पुस । बबई गाउँपालिका—७ का अग्निपिडित पुर्णबहादुर घर्तीको परिवारलाई राहत प्रदान गरिएको छ । आगलागीबाट घर्तीका दश बर्षीय छोरा राजु घर्तीको शनिबार निधन भएको थियो । नेपाल मगर संघ दाङले सोमबार राहत प्रदान गरेको हो ।

जनावर भगाउनका लागि बनाइएको अट्वामा आमा र बहिनीसंगै सुतेका घर्तीको शनिबार बेलुकी ८ बजे निधन भएको हो । आगलागीमा परेर आमा रामकली घर्ती सामान्य घाइते हुनुभएको छ ।

नेपाल मगर संघले चामल, दाल, नून, तेलसंगै सिरक र डसना प्रदान गरेको हो । नेपाल मगर संघका अध्यक्ष खलुप्रसाद पुन मगरको नेतृत्वमा गएको टोलीले राहत प्रदान गरेको हो । यसअघि बंगलाचुलीमा पनि आगलागीमा परेर एकै परिवारका तीन बालबालिकाको निधन भएको थियो ।।

प्रकाशित मिति : २०७५ पुष ९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *