२०८१ चैत्र १३ गते बुधवार

अग्निपीडित घिमिरेलाई फेन्सी व्यवसायीले गरे सहयोग

दाङ, पुस ४ ।
तुलसीपुरका फेन्सी व्यवसायीहरुले संकलन गरेको झण्डै पौने दुई लाख नगद रुपैयाँ मंगलबार अग्निपीडित व्यवसायइलाई प्रदान गरिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ को रतननाथ टोलस्थित अन्नपूर्ण टे«डर्समा आगलागी हुँदा झण्डै पाँच करोड बराबरका जुत्ता चप्पल र कच्चा पदार्थ जलेर नष्ट भएको थियो ।

जुत्ता चप्पलको होलसेल पसलका प्रोप्राईटर भिमप्रसाद घिमिरेलाई तुलसीपुर क्षेत्रका फेन्सी व्यवसायीहरुले संकलन गरेको १ लाख ७८ हजार ९ सय ६५ रुपैयाँ नगद प्रदान गरेको फेन्स िव्यवसायी रुपेश शर्माले जानकारी दिए । तुलसीपुर उद्योग वाणिज्य संघ फेन्सी व्यवसायी उपसमितिले प्रत्येक फेन्सी पसलबाट स्वइच्छिक सहयोग मागेर उक्त रकम संकलन गरेको समितिका संयोजक सन्दिपकुमार थापाले जानकारी दिए । यसअघि अग्निपीडित घिमिरेलाई तुलसीपुर वडा नम्बर ५ को कार्यालयले १ लाख र उद्योग वाणिज्य संघले ५० हजार नगद सहयोग गरेका थिए ।

प्रकाशित मिति : २०७५ पुष ४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *