२०८१ जेष्ठ १३ गते आइतवार

सावधानी अपनाएर मात्रै व्यवसाय सञ्चलन गर्नुहोस – तुलसीपुर उबासंघ

तुलसीपुर, बैशाख ८ । तुलसीपुर उद्योग वाणिज्य संघले बढ्दो कोरोना संक्रमणको अवस्थामा सुरक्षित भएर व्यवसाय सञ्चालन गर्न आम व्यवसायीलाई आग्रह गरेका छ । सावधानी नअपनाए गम्भीर संकट आउन सक्ने भन्दै संक्रमणबाट जोगिन व्यक्ति स्वएंम सचेत रहन संघले सचेत तुल्याएको छ ।

तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेको अध्यक्षतामा बुधवार बसेको बैठकले वर्तमान संकट व्यवस्थापनमा संघले स्थानीय पालिकाहरु संग हातेमालो गर्न तयार रहेको निर्णय पनि गरेको छ ।

बैठकपछि अध्यक्ष चालिसे र महासचिव विनिल केसीले जारी गरेको विज्ञप्तीमा आम व्यवसायीहरुलाई सरकारले तोकेका न्युनतम स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य रुपमा पालना गर्दै व्यवसाय सन्चालन गर्न आग्रह गरिएको छ ।

कोरोना भाइरसको संक्रमणबाट सर्वसधारणलाई जोगाउन लकडाउनको आवश्यकता महसुश भएपनि त्यसमा सघाउन संघ सधै सकारात्मक रहेको भन्ने निर्णय बैठकले गरेको प्रेस सल्लाहकार शरद रेग्मीले जानकारी दिए ।

बैठकले स्थानीय सरकारहरुलाई संक्रमितहरुको खोजिगरी कन्ट्याक्ट ट्रेसिङ बढाउने तथा वाहिरबाट आउने नागरीकहरुका लागि क्वारेन्टाइन र आवस्यकता अनुसार
आइशोलेशन निर्माण गर्न आग्रह गरेको छ ।

हाल विद्यमान कोरोना विशेष अस्पतालले मात्र यहांका संक्रमितहरुको उपचार सेवा दिन सक्ने
अवस्था नरहेको भन्दै बैठकले स्थानीय सरकारलाई तत्काल अस्पतालको क्षमता बढाउन र स्वास्थ्य
उपचार सेवा प्रभावकारी बनाउन आग्रह गरिएको छ ।

बैठकमा पुर्व अध्यक्ष विमल रिजाल, वरीष्ठ उपाध्यक्ष मिनराज भण्डारी, उपाध्यक्ष ललितजंग शाह, सल्लाहकार मिनराज वलीलगायतले स्वास्थ्य सचेतना संगै स्वास्थ्य उपचारको थप व्यवस्थागर्न सरकारलाइ आग्रह गरेका छन् ।

प्रकाशित मिति : २०७८ बैशाख ८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *