दाङ, पुस ३ । घोराहीस्थित एउटा ईलेक्ट्रोनिक पसलमा आगोलागी हुँदा लाखौंको क्षति भएको छ । मंगलवार विहान पौने ३ बजे विजुली बत्तिको तार सर्ट भइ घोराही उपाहानगरपालिका वडा नं. १५ स्थित आरके ईलेक्ट्रोनिक्स सर्भिस विभिन्न सामनहरु जल्दा उक्त क्षति भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । ईलेक्ट्रोनिक सर्भिसका संचालक रोल्पाको त्रिवेणी गाउँपालिका वडा नं. ७ निवासी रेखीबहादुर बुढाथोकीले आगलागी बाट सम्पूर्ण उपकरण र सामान जलेर नष्ट भएको जानकारी दिएका छन् ।
आगलागी बाट पार्किङ गरेर राखेको ना २ अ १९३६ नम्वरको अटोरिक्सा , विभिन्न ईलेक्ट्रोनिक सामान जलेर नष्ट भएको छ । प्रहरीका अनुसार नगदसहित १२ लाख ६४ हजार बरावरको क्षति भएको छ । प्रहरी र दमकलको सहयोगमा आगो विहान सवा तीन बजे निभाइएको थियो ।
प्रकाशित मिति : २०७५ पुष ३ गते मङ्गलवार