२०७७ कार्तिक १३ गते बिहिवार

उपभोक्ता समितिलाई विकास निर्माणमा जुट्न आग्रह


दिप्तीशिखा चौधरी
दंगीशरण, पुस १ ।
दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले वडामा हुने कुनै पनि विकासे काममा लगनशील भएर खटिन वडाका उपभोक्ता समितिका पदाधिकारीहरुलाई आग्रह गरेका छन् । ‘हाम्रो र राम्रो दंगीशरण’ बनाउने हात हामी सबैको हो भन्दै उनले सबैलाई विकास निर्माणमा जुट्न आग्रह गरे ।

दंगीशरण गाउँपालिकाको आयोजनामा वडा नम्बर ६ मा आयोजीत उपभोक्ता समिति सञ्चालन अभिमुखीकरण तालिम उद्घाटन कार्यक्रममा उनले यस्तो आग्रह गरेका हुन् । उक्त अवसरमा वडा नम्बर ६ का अध्यक्ष टंक बहादुर वलीले वडामा हुने कुनै पनि विकाशे कामलाई गुणस्तरीय बनाउने बताए ।

वडामा विश्वासिलो उपभोक्ता समिति गठन गरी कहि कतैबाट पनि बेरुजी नहुने गरी काम गर्ने प्रतिवद्धता ब्यक्त गरे । अध्यक्ष वलीले वडाका जनताहरुले आफूलाई विश्वास गरेर वडा अध्यक्षमा निर्वाचित गराएको यो गुण वडाको कुनै पनि ठाउँमा बाँकी नराखी विकास गरी जनताको विश्वासिलो पात्र भएर चिनिने ठोकुवा गरे ।

तालिममा सव–इञ्जिनियर जीवराज गिरी, प्रशासन शाखाका प्रमुख नरेन्द्र शर्मा, योजना शाखा प्रमुख मस्तवीर चौधरीले सहभागीहरुलाई उपभोक्ता समितीले गर्न हुने काम र कर्तब्य, उपभोक्ता समितिको गठन प्रक्रिया र आवश्यक कागजपत्रहरु, उपभोक्ता समितिका सदस्यको योग्यता, उपभोक्ता समिति गठनको नमुना, उपभोक्ता समितिको काम, कर्तब्य र अधिकार, उपभोक्ता समितिको भौतिक तथा वित्तीय प्रगति प्रतिवेदनलगायतका विषयमा जानकारी गराएका थिए ।

आर्थिक वर्ष ०७५÷७६ मा परेका योजनाहरुअन्तर्गत वडा तथा टोलमा हुने विभिन्नखाले विकासे कामका लागि उपभोक्ताका पदाधिकारीहरुलाई काम गर्न सहज होस् भन्ने उद्देश्यले दंगीशरण गाउँपालिकाले तालिमको आयोजना गरेको छ ।

प्रकाशित मिति : २०७५ पुष १ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *