२०८१ माघ १३ गते आइतवार

कपुरकोटको ८औं गाउँसभा, ७ वटा कार्यविधि पारित

सल्यान, माघ २९ ।सात वटा कार्यविधि पारित गर्दै कपुरकोट गाउँपालिका सल्यानको ८औं गाउँसभा बिहीवार सकिएको छ । गाउँपालिकाका अध्यक्ष भिमबहादुर सेनको अध्यक्षतामा भएको गाउँसभाले बजेट संशोधन पछि पारित गरेको छ ।

उक्त सभाले हिउँदे अधिवेशनले सूचना तथा अभिलेख केन्द्रको स्थापना तथा सञ्चालन सम्बन्धी कार्यविधि, सार्वजनिक जवाफदेहीता प्रवद्र्धन सम्बन्धी कार्यविधि, टोल विकास संस्था (गठन तथा परिचालन) कार्यविधि, लैङ्गिक हिंसा निवारण कोष सञ्चालन कार्यविधि लगाएत सात वटा कार्यविधि पारित गरेको छ ।

पारित भएका कार्यविधिहरु विधायनन समितिका संयोजक मिनबहादुर सेनले सभामा प्रस्तुत गरेका थिए ।आर्थिक बर्ष २०७७÷०७८ को ७औं गाउँसभाबाट विनियोजन कार्यक्रम अनुसार संशोधनका लागि गाउँपालिका उपाध्यक्ष बजेट तथा कार्यक्रम तर्जुमा समितिकी संयोजक तिला बुढा मगरले सभामा पेश गरेकी थिइन ।

कार्यक्रम तथा वजेटलाई पनि सर्वसहमतबाट सभाले पास गरेको प्रमुख प्रशासकीय अधिकृत मोहन खड्काले जानकारी दिए ।

जस अन्तरगत आयोजना ब्यवस्थापन शिर्षककोे ३० लाख विभिन्न पाँच वटा योजना र कार्यक्रममा विनियोजन गरिएको छ । त्यस्तै समपुरक कोषको ४० लाख कृषि विकास कार्यक्रम, शैक्षिक सुधार कार्यक्रम लगाएतका ६ वटा योजना र कार्यक्रमका लागि विनियोजन गरिएको छ ।

सभामा अध्यक्ष सेनले लोकतन्त्रका आधारभुत मुल्यमान्यता, मानव अधिकार, सामाजिक न्याय, सहकार्य, सह अस्तित्व र समन्वयको सिद्धान्तलाई आत्मसाथ गर्दै विधिको शासनप्रति पूर्ण रुपमा प्रतिवद्ध रहेको बताए ।

प्रकाशित मिति : २०७७ माघ २९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *