दाङ, मंसिर २७ । झन्डै साढे ४ केजी लागु औषध चरेशसहित एकजना महिला पक्राउ परेकी छन् । कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा नं. २ साँडेपानी निवासी ३२ बर्षीया पार्वती भन्ने पबी ढोलीले चालकको सिटमुनी लुकाई राखेको ४ किलो ३६० ग्राम चरेश बरामद भएको प्रहारीले जानकारी दिएको छ ।
बर्दिया जिल्लाको राजपुर नगरपालिका वडा नं. ४ स्थित राजापुरमा बुधवार राति साढे ११ बजेतिर ना ३ ख ७५० नं.को अटो रिक्सालाई संका गरि चेकजाँच गर्दा उक्त चरेश बरामद भएको प्रदेश नं. ५ का प्रहरी प्रवक्ता पुष्पराज मल्लले जानकारी दिए । पक्राउ परेकी महिला ढोलीका पति ३५ बर्षीय हरि दमाईले उक्त अटो रिक्सा चलाइरहेको समयमा चरेश बरामद भएको डिएसपी मल्लले बताए । रिक्सासहित उनीहरुका पति पत्निलाई पक्राउ गरि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०७५ मङ्सिर २७ गते बिहिवार