तुलसीपुर मंसिर २६ । तुलसीपुर उपमहानगरपालिकाले विकट वडाहरुमा बाटोको ट्रयाक खोल्ने कामलाई पछिल्लो समय तिव्रताका साथमा निरन्तरता दिइरहेको छ । विकास निर्माणका गाडीहरु खरीद गरेर उपमहानगरपालिकाले विकटका वडामा बाटो पुर्याउनुका साथै साँघुरो बाटोलाई पनि फराकिलो पारिरहेको छ । यस आर्थिक वर्षमा उपमहानगरपालिकाले विकट वडाहरु १,३,४ र १३ का विभिन्न गाउँहरुमा बाटो पुर्याउने काम गरिरहेको नगरप्रमुख घनश्याम पाण्डेले वताए । “दुई वर्ष भित्रमा उपमहानगरमा वाटो नपुगेको ठाउँ हुँदैन” पाण्डेले भने ।
उपमहानगरपालिकाको विकट वडाका रुपमा रहेको वडा नम्वर ४ का विभिन्न विकट ठाउँमा वाटो पुर्याउनुका साथै बाटो ग्राभेल र फराकिलो वनाउने काम गरेको वडाध्यक्ष वालकृष्ण पुनले जानकारी दिए । “पर्यटकीयस्थल चमेरे गुफा र मुलकोटसम्म बाटो पुर्याउने काममा हामी सफल भयौ” पुनले भने । यसका साथै वर्षातको समयमा बाढी पहिरोले वन्द गराएको बाटो खुलाउने काममा पनि उपमहानगरपालिकाका गाडीले काम गरेको वडाध्यक्ष रानाले वताए । रानाले लामिदमार, तुषारे खोला, वेत्रावती, खाद्रे स्कुल लगायतका विभिन्न ठाउँमा करिव ८ किलोमिटरसम्मको बाटोमा नयाँ ट्रयाक खोल्ने, ग्राभेल गर्ने काम भएको वताए । उनले बाटो १२ मिटरसम्म फराकिलो भएको पनि वताए ।
त्यस्तै उपमहानगरका गाडीहरुले वडा नम्वर १२ मा अहिले बाटो फराकिलो पारिरहेका छन् ।
वडाध्यक्ष सुर्यवहादुर डाँगीले १ किलोमिटरको हरिपौरी र गुहारखोला हुँदै धमकापुरसम्म जाने बाटो निर्माण गरिरहेको वताए । “दुईवटा वडा जोड्ने सडकको चौडाई अनिवार्य रुपमा १२ मिटर रहेको छ ” उनले वताए । डाँगीले पुरै वडालाई सडक सञ्जालले जोडेको पनि वताए । “उपमहानगरपालिकाले गाडी ल्याएर वडामा वाटो निर्माण गर्न सजिलो भएको थियो ” यता वडा नम्वर १३ का वडाध्यक्ष डम्वर वहादुर न्यौपानेलाई पुरै वडामा वाटो लैजाने विश्वास वढेको छ । “हामीले वाटो पुर्याउन सक्दैनौ जस्तो लागेको गाउँमा पनि वाटो पुग्न सकेको छ “ उनले नयाँ ठाउँमा पनि वाटो खोल्नका लागि उपमहानगरले नै पहल गरिरहेको पनि वताए । “अव हाम्रो पालो आउँदै गरेको छ, फेरी नयाँ ठाउँमा बाटो खोल्नेछौ” न्यौपानेले वताए । न्यौपानेको जस्तै सुखद अनुभव छ वडा नम्वर १४ का वडाध्यक्ष पर्शुराम चौधरीको पनि , चौधरीले वडाको वजेटबाट गर्न नसकिएका कामहरु उपमहानगरको गाडी प्रयोग गरेर भइरहेको वताए । “गतसाल मलवारदेखि करंगासम्म वाटो फरािकलो वनाउनुका साथै ग्राभेल पनि गर्यौ” चौधरीले वताए ।
उपमहानगरपालिकाले गत आर्थिक वर्षमा विकासका कामहरुलाई अगाडि वढाउनका लागि २ वटा जेसिवी, २ वटा ट्रक र एउटा रोलर किनेर नयाँ ट्रयाक खोल्न र ग्राभेल वनाउन सहज भएको पनि नगरप्रमुख पाण्डेले वताए । वडा कार्यालयहरुले निवेदन दिएपछि क्रम अनुसार गाडी प्रयोग गरिने यान्त्रीक शाखा प्रमुख मधुकर डाँगीले वताएृ । उनले गाडीको आर्थिक जोहो गर्नका लागि वाहिरको काम पनि सस्तो दरमा गरिने वताए । उनले विकास निर्माणका कामहरु सजिलो वनाउनका लागि गाडीहरुले निकै सहयोग गरेको वताए । उनले उपमहानगरपालिकाका सबै वडाहरुमा पालैपाले काम भइरहेको समेत जानकारी दिए। नगरप्रमुख घनश्याम पाण्डेले यो वर्ष थप निर्माणका गाडी ल्याउनका लागि उपमहानगरपालिकाले यस वर्ष पनि गृहकार्य गरिरहेको वताए ।