तुलसीपुर, माघ ३ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड – नेपाल समुहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीलाई एउटा सन्कि साशक भएको टिप्पनी गरेका छन् ।शनिवार दाङको तुलसीपुरमा उक्त समुहको जिल्ला कमिटीले आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले बिधि पालना गर्नेहरुले विधिका बारेमा गम्भीरताका साथ सोच्ने भएपनि विधि, विधान र संविधान संग कुनै मतलव नराख्ने ओली जस्ता व्यक्तिले जे गर्दापनि त्यही बिधि हो भन्ने गरेको उल्लेख गरे ।
‘मैले जे गरे त्यही विधि, मैले जे गरे त्यही संविधान , मैले जे भने त्यही कानुन,’ नेपाले अगाडि भने ‘ एउटा सन्की राजालाई जे मन लाग्यो त्यही कानुन हुन्छ । आज सन्की शासक हामीले पाएका छौं।’ उनले केपी ओलीको नाम सन्की, भष्मासुर लगाएत जे – जे राखेपनि हुने आरोप लगाए ।‘ भष्मासुर राख्नुस त्यो पनि फिट, सन्की भन्नुस त्यो पनि फिट, अहंकारी भन्नुस त्योपनि फिट’, नेपालले अगाडि भने ‘सबै कुराको सर्वज्ञाता भन्नुस त्योपनि फिट, सबै अज्ञानी म मात्रै ज्ञानी भन्नुस त्यो पनि फिट ।’
अध्यक्ष नेपालले केपी ओलीलाई कसैको सुझाव नचाहिने र सकैको सुझाव सुन्न मन नपर्ने,तर प्रशंशा मात्रै मन पर्ने आदत रहेको टिपप्नी गरे ।‘प्रशंसा कस्लाई मन पर्छ थाहाँ छ,’ उनले प्रश्न गरे ‘ मुर्ख शासकलाई ।’ उनले एउटा माहाराजलाई नाङ्गो र मुर्ख बनाउन यो लुगा असाध्य सुहाउँछ भन्दै नाङ्गै पारेको किस्सा सुनाए ।
नाङ्गै महाराज यो त हजुरलाई जिउमा असाध्यै फिट भएको लुगा हो भनेर फुक्याउँदा ती मुर्ख महाराजले आफुलाई ऐनमा हेर्दा नाङ्गै देखेपनि वरिपरी बसेका भारदारलाई सोद्धा, उनीहरुले पनि हो महाराज हजुरलाई खुबै सुहाएको छ भनेपछि ती महाराज सडकमा नाङ्गै गए जस्तै प्रधानमन्त्री ओलीपनि नाङ्गै हिडिरहेको दोषारोपन गरे ।
सड्कमा ती महाराजलाई देख्ने एक बालकले महाराजलाई नाङ्गै छन भनेपनि सबैले नाङ्गै भन्न थालेपछि उनी भागे जस्तै एक दिन सन्की केपी ओलीपनि भाग्ने उनले जिकिर गरे । त्यस्तै सन्की महाराज हुन केपी ओलीजी भएको उनले बताए । आफु निकटका भारदारहरुले प्रतिनिधिसभा भंग गरेर ठिक गर्नु भो भन्दापनि ओली दंग परेको उनले बताए ।
त्यस्तै पार्टी फोड्दा, कम्युनिष्ट आन्दोलनलाई सिध्याउँदा पनि भारदारले ठिक गर्नु भयो, भनेको सुन्दा ओली दंग रहेको उनले बताए । ताली बजाउने वरिपरी बसेका ती गणेश प्रबृतिका मान्छेहरु बिबेक हराएका र बिस्लेशन क्षमता गुमाएका मानिसहरु भएको उनले तर्क गरे ।त्यसघि उनले ओलीले आफु जुन भ¥याङबाट प्रधानमन्त्री बनेपनि पछि त्यही बिर्सिएको बताएका थिए । कसैले आँखा लगाए कुर्सी नै भाँचि दिन्छु भन्ने गरेको तथा जुन घरमा बसेका छन् त्यो घरमा झगडा भयो भनेर घर नै आगो लगाउन उद्यत रहेका भष्मासुर प्रबृति ओलीमा रहेको आरोप लगाएका थिए ।
‘आज सिंगो देश भष्मासुर रावनको हातमा छ,’ उनले भने ‘ भष्मासुरी आसुरी प्रबृतिका बाहक अरु कोही हैनन् खड्कप्रशाद शर्मा ओलीजी हुनुहुन्छ।’ पूर्व प्रधानमन्त्री नेपालले ओलीले गुटले जस्लाई पायो त्यसैलाई केन्द्रीय सदस्य बनाउन थालेपछि राम्रो मान्छे बालुवाटारको बाटो हिड्न समेत डराउन थालेको बताए । उनले केपी गुट मेला भन्दापनि झमेला युक्त भएको बताए ।
केपीले प्रधानमन्त्री हुने हैसियत गुमाई सके
अध्यक्ष नेपालले प्रतिनिधिसभा भंग भइसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री हुने हैसियत गुमाइ सकेको बताएका छन् । केपी ओली स्वएंमले प्रतिनिधि सभा भंग भइसकेको बताउँदै आएको हुँदा उनीपनि प्रतिनिधि सभा सदस्य नरहेको र प्रतिनिधि सभा सदस्य नरहेको व्यक्ति प्रधानमन्त्री हुन पाउने हैसियत समाप्त भइसकेको तर्क गरेका हुन ।
अहिले पनि खड्कप्रशाद ओली प्रधानमन्त्रीको पदमा आसिन रहेको भएपनि अध्यक्ष नेपालले के अहिले पनि साँच्चै ओली नै प्रधानमन्त्री हुन त भन्ने प्रश्न गरे । आफुहरुको व्याख्यामा प्रतिनिधि सभा बेहोस मात्रै भएको र मरि नसकेको भन्ने उल्लेख रहेपनि प्रधानमन्त्री केपी ओलीले नै त्यो मरिसकेको व्याख्या गरेको हुँदा अब ओलीले सोही पदमा रही रहने हैसियत गुमाई सकेको अध्यक्ष नेपालले बताए । ‘हाम्रो व्याख्यामा केपी ओलीजीले छुरा रोप्नु भएको छ । प्रतिनिधिभा छटपटाई रहेको छ, व्यूँतिनका लागि । तर, उहाँको नजरमा त हत्या गरिसक्नु भएको होइन र,’ अध्यक्ष नेपालले प्रश्न गरे ‘ अनि उहाँ कसरी प्रधानमन्त्री रहनु भयो ? कि उहाँले भन्नु प¥यो, म अब काम चलाउन प्रधानमन्त्री भएको छु । उहाँको राष्ट्रपतिले खोई लेखेर पठाएको ? कि अब तपाँई प्रधानमन्त्री रहनु भएन काम चलाउ काम चलाउ ।’
त्यस्तै उनले काम चलाउ प्रधानमन्त्री ओलीले अहिले पनि फूलफेजको प्रधानमन्त्रीले जस्तै काम गर्न खोजेको भन्दै रोष प्रकट गरे । ‘ के अझैंपनि फूलफेजको प्रधानमन्त्रीले जस्तै काम गर्न पाउँछ । मन्त्रीमण्डलको पुर्नंगठन गर्न पाउँछ, न्यायमुर्ती थप्न पाउँछ,’ उनले अगाडि भने ‘ अनि के ठूला ठूला संझौता गर्नको लागि अन्तराष्ट्रिय क्षेत्रमा डेलिगेसन पठाउन पाउँछ ।’ उनले काम चलाउ हैसियतका प्रधानमन्त्रीले दुरगामी महत्वको कुनैपनि निर्णय गर्न नपाउने धारणा राखे ।
ओली गणतन्त्र विरोधी
केपी गुटका मान्छेले प्रचण्ड र नेपालको सम्वन्ध कहिले सम्म हुन्छ ? नेपाल प्रचण्डसंग विलिन भए भन्ने जस्ता कुप्रचार गरेपनि केपी ओलीले नै पूर्व नेकपा एमालेको नाममा पार्टी दर्ता गरेर पार्टी फूटाएको बताए ।‘ हामी पूर्व एमालेहरु त केपीले थुर्दा थुर्दा आजिद थियौं,’ नेपालले भने ‘ शंकर पोखरेल र उहाँका हुनमानहरुले दंगाली नेतालाई कति सम्म सताए । मैले पार्टी एकता हुँदा आफुले ज्यान जोगियो भन्ने सोचेको थिए ।’
ओलीको व्यवहारले आफु भुक्त भोगि रहेपनि प्रचण्ड र नारायणकाजीले भरखरै मात्रै ओलीको व्यवहार बुझ्न पाएको अध्यक्ष नेपालले बताए । नेपालले केपी ओलीले मानिसको रगत, खकार मात्रै चेकजाँच मात्रै नगरी डिएनए समेत परीक्षण गर्ने र आफुसंग नमिले पत्तासाप गरिदिने प्रबृतिको बोकेको टिप्पनी गरे ।
आफुले प्रचण्ड र आफ्नो सम्वन्ध चार दशक लामो भएको तथा निरुङकुश पञ्चायतदेखि राजतन्त्रको अन्त्यसम्मको आन्दोलनमा आफुहरुले मिलेर काम गरेको बताए । उनले ओलीमाथि शान्ति प्रक्रियाको विरुद्धमा लागेको, गणतन्त्र विरोधी भएको, बयाल गाडा चढेर वासिन्टन पुगिदैन भन्ने गरेको, कम्युनिष्ट एकता विरोधी भएको जस्ता आरोपहरु लगाएका थिए ।
‘ सञ्तान जन्माएकी आमालाई पो सञ्तानको माया हुन्छ,’ नेपालले भने ‘ओली जस्ता गणतन्त्र विरोधीलाई गणतन्त्रको के को माया ।’ तैपनि आफुहरुले दुष्टलाई नेता बनाउँछु भनेर लागेपनि ओली कहिलै नसुध्रिएको उनले बताए । ‘बामदेबले केपीलाई ९ औं अधिवेशनमा जिताएको हो र अहिले बामदेवकै जिउमा फोहरै फोहरै गर्दै केपी हिडेका छन्,’ नेपालले भने ‘प्रचण्डले उहाँलाई प्रधानमन्त्री बनाउनु भएको हो र पछि प्रचण्डलाई नै लत्याउनु भयो । आफु चढेको रुख नै काट्ने प्रबृतिको व्यक्ति केपी हो ।’
ओलीले आफुहरुलाई मात्रै नभएर शेरबहादनुर देउवा, पत्रकार, कलाकार सबैलाई हेप्ने गरेको टिप्पनी गरे ।केपीले काम गर्न दिएनन्, यो मान्छे भएन भनेर किचकिच गरे भन्नु सही नभएको उनले बताए । क्षमताको आधारमा विधि र विधानको आधारमा पार्टीमा योग्य मानिसलाई राखौं भन्दा ओलीले आफ्ना हनुमान मात्रै राख्न खोजेको बताए । उनले केपी ओलीलाई गफाडी र उखान टुक्कामा मात्रै माहिर व्यक्ति भएको बताए । ‘मदन भण्डारीले भन्नुहुन्थ्यो, केपीको जिब्रो मात्रै चल्छ ज्यान चल्दैन भनेर,’ नेपालले भने ‘ केपीको हातमा पार्टी गए पार्टी बर्बाद हुन्छ भन्नु हुन्थ्यो , आज त्यही भयो ।’
उनले केपीले मदन भण्डारीको जवजको संरक्षक आफुलाई ठान्नु आफैमा मजाग भएको टिप्पनी गरे ।त्यस्तै उनले प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्न राष्ट्रपतिलाई पठाएको सिफारिसमा संविधानको धारा नै उल्लेख नहुनुले ठूलो हतास मनस्थितिका साथ ओलीले असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेको आरोप लगाए । उनले निर्वाचन आयोगले सूर्य चुनाव चिन्ह र सर्बौच्च अदालतले पार्टी बैधानिकताका जिम्मा आफुलाईनै दिने जिकिर गरे । ‘ओलीले त पूर्व एमाले पार्टी दर्ता गरेर अस्ताउँदो सूर्य छानि सकेका छन्,’ उनले भने ‘ हामी बहुमतमा छौं र हाम्रो उदोउँदो लाल सूर्य हुने छ ।’