२०८१ भाद्र २८ गते शुक्रवार

अब काँग्रेससंग मिलेर संयुक्त आन्दोलन गर्छौं – माधबकुमार नेपाल


घोराही, माघ ३ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड – नेपाल समुहका अध्यक्ष माधबकुमार नेपालले अब नेपाली काँग्रेससंग मिलेर संयुक्त आन्दोलन गर्ने बताएका छन् । शनिवार दाङको घोराहीमा प्रेस संगठन दाङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमलाई सम्वोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले लोकतन्त्र जोगाउन नेपाली काँग्रेस लगाएत अन्य दलहरु संगपनि मिलेर संयुक्त आन्दोलन गर्ने तयारी भइरहेको जानकारी दिए ।

‘लोकतन्त्रको रक्षाको लागि लामो समयदेखि संघर्षरत नेपाली काँग्रेसले अबपनि फेरि लोकतन्त्र जोगाउने जिम्मेवारीमा अग्रसर हुने छ,’ उनले भने ‘ यो बिषयमा अन्य दलहरु संगपनि हामी छिट्टै छलफल गर्ने तयारीमा छौं ।’नेकपा अध्यक्ष नेपाललले प्रधानमन्त्री केपी ओलीको अलोकतान्त्रिक र असंबैधानिक कदमका विरुद्ध संयुक्त रुपमा मिलेर आन्दोलन हुने विश्वास व्यक्त गरे ।

पुष्पकमल दाहाल (प्रचण्ड)लाई सबै भन्दा इमान्दार नेताको रुपमा चित्रण गरेका अध्यक्ष नेपालले प्रधामन्त्री ओलीलाई भने सबैभन्दा तुच्छ नेता भएको दोषारोपन गरे । उनले ओली बिध्वंसको अर्कौ रुप भएको बताए ।
त्यस्तै उनले नेता बामदेब गौतमले पार्टी एकता गरिरहेको भएपनि त्यो कुनैपनि हालतमा संभव नरहेको बताए । गौतमको कदम बालुवाबाट तेल निकाल्ने प्रयास सरह मात्रै रहेको तथा अब फेरि केपी ओली संग कुनैपनि हिसावले एकता संभव नरहेको धारणा राखे ।

शनिवार तुलसीपुरमा प्रतिनिधिसभा विघटन विरुद्ध प्रचण्ड– नेपाल समुहले नेकपा दाङले आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्न उक्त समुहका अध्यक्ष नेपाल, प्रबक्ता नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्य तथा पूर्व सभामुख कृष्णबहादुर महरा, पूर्व मन्त्री तथा स्थायी कमिटी सदस्य बर्षमान पुन, स्थायी कमिटी सदस्य युवराज ज्ञवाली लगाएका नेताहरु दाङ आएका छन् ।

प्रकाशित मिति : २०७७ माघ ३ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *