२०८१ बैशाख ७ गते शुक्रवार

नैतिकता भूलेर गरिने व्यापारलाई सही मान्न सकिदैन – उत्तमकुमार श्रेष्ठ


तुलसीपुर, माघ ३ ।तुलसीपुर उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष उत्तमकुमार श्रेष्ठले आफ्नो नैतिकता र इमान्दारी भित्र रहेर मात्रै व्यापार व्यवसाय गर्न सुझाएका छन् ।रोटरी क्लव अफ तुलसीपुर सिटीले आयोजना गरेको कार्यक्रमलाई शुक्रवार सम्वोधन गर्दै श्रेष्ठले मानिसले आधारभुत आवश्यकता पुरा गर्न कुनैपनि काम गर्दा नैतिकता र इमान्दारीमा बिशेष ध्यान दिन जरुरी रहेको बताएका हुन ।

‘ लगनसिल भएर दुःख र कष्ट सहेर व्यबसायमा होमिने व्यक्तिले सफलता प्राप्त गर्न सक्छ,’ उनले भने ‘ तर, केही कमाउने सोच राख्दै गर्दा आफ्नो नैतिकता बिर्षनु सही हैन ।’ २०६० सालमा तुलसीपुर उद्योग वाणिज्य संघको नेतृत्व सम्हालेको बेला र २०६२ सालमा महासंघको केन्द्रीय सदस्य भएको बेला आफुले व्यवसायिक एकता र व्यवसायीका बीच स्वच्छ प्रतिस्पर्धा बनाउन सहयोगी भूमिका खेलेको बताए ।

उनले हरेक आपत विपतको बेला रोटरी क्लबले सहयोगी भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिए ।कार्यक्रममा क्लबका पूर्व अध्यक्षहरु कुशल तर्ताल, बिमल रिजाल र तुफानबाबु श्रेष्ठले क्लबले क्लबले स्थापना कालदेखि समाजमा निर्वाह गर्दै आएको भूमिकाको प्रसंशा गरेका थिए ।रोटरी क्लव अफ तुलसीपुर सिटीका अध्यक्ष सुरेश हमालको अध्यक्षतामा कार्यक्रम भएको हो ।

प्रकाशित मिति : २०७७ माघ ३ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *