दाङ, पुस २९ । भारतीय टेलिभिजन च्यानल जी न्यूजले विश्वको सर्वौच्च शिखर सगरमाथालाई भारतीय नाम दिने अभियान थालेको बताएको छ । जी न्यूजका सम्पादक सुधीर चौधरीले त्यस्तो दाबी गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीसंग सोमबार बालुवाटारमा अन्र्तवार्ता दिएपछि जी न्यूजका सम्पादक चौधरी हेलिकोप्टर मार्फत सर्बौच्चो शिखर सगरमाथा पुगेका थिए ।
उनले सगरमाथाको नाम माउन्ट सिकदर हुनुपर्ने उल्लेख गरेका छन् । भारतीय गणितिज्ञ राधानाथ सिकदरले सगरमाथाको उचाइ नापेकाले उनको नाममा सगरमाथाको नामाकरण हुनु पर्ने उनको तर्क छ।
तीनै चौधरीलेले सगरमाथाको आधार शिविर कालापत्थरमा स्ट्याण्डअप दिदै सगरमाथामा भारतीयले त्यस्ताचे दावा ठोक्नु पर्ने दाबी गरेका छन् । त्यो सामाग्री मंगलवार राति उनले जी न्यूज मार्फत विशेष रिपोर्ट प्रशारण समेत गरेका थिए ।
उनैले प्रधानमन्त्री ओलीको अन्र्तवार्ता सोमवार जी न्यूज मार्फत प्रशासन गरेका थिए ।त्यसको दोस्रो दिन मंगलवार सोही च्यानलले सगरमाथामा भारतीयले दावा ठोक्नु पर्ने भन्दै सामग्री प्रसारण गरेको हो ।
भारतमा समेत ‘गोदी मिडिया’ भनेर आलोचित च्यानल र त्यसका प्रमुख पात्रलाई प्रधानमन्त्रीले सोझै बालुवाटार झिकाएर अन्र्तबार्ता दिनु र उनैलाई हेलिकोप्टर मार्फत सगरमाथा भ्रमणमा पठाएपछि त्यसको बिरोध भइरहेको छ ।
यो भन्दा ६ महिना पहिले मात्रै जी न्यूजका सम्पादक चौधरीले चिनिया राजदूत होउ यान्छीलाई जोडेर आपत्ति जनक सामाग्री प्रशारण गरेको थियो ।
नेपालका प्रधानमन्त्री र चिनिया राजदुतलाई जोडेर गरिएको निकै तल्लो स्तरको र अशिष्ट भाषा शैलिमा सामाग्री प्रशारण गर्दा नेपालीले त्यसको व्यापक विरोध गरेका थिए ।
जी न्यूजले त्यतिखेर प्रधानमन्त्री ओली र चिनिया राजदूतका बीचमा प्रेम सम्वन्ध रहेको र त्यही सम्वन्धका कारण उनले माया जालामा पारेर भारत विरुद्ध उक्साएको भन्ने आशयको कपोकल्पित सामाग्री प्रशारण गरेको थियो ।
तर, त्यही न्यूज च्यानल र तीनै प्रमुख पात्रलाई प्रधानमन्त्रीले अन्र्तवार्ताका लागि बालुवाटार निम्त्याउनुले सर्वत्र चासो र चिन्ताहरु व्यक्त हुन थालेका छन् ।