
फाइल फोटो
तुलसीपुर, २४ मंसिर । दाङका पुराना कम्युनिष्ट नेता शोभाराम बस्नेतको उपचारका लागि दुई लाख बढी रुपैयाँ संकलन भएको छ । सोमबार एक लाख ८० हजार ८ सय ४१ रुपैयाँ संकलन भएको उपचार सहयोग समितिका प्रवक्ता ओपेन्द्र बस्नेतले जानकारी दिए । आइतबार ४० हजार रुपैयाँ सहयोग रकम जुटेको थियो ।
सबैभन्दा बढी तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले ४० हजार पाँच सय ५५ रुपैयाँ सहयोग गरेका छन् । त्यसैगरी सोनापुर मिनरल्स एण्ड आयल प्रालिले २५ हजार पाँच सय ५५, टोपेन्द्रबहादुर केसीले २५ हजार ५, तेजविक्रम घर्तीले १५ हजार ५, हरि पाठकले ११ हजार एक सय ११, उत्तम श्रेष्ठले ११ हजार, भागीराम चौधरीले १० हजार पाँच सय, नरेश वलीले १० हजार ५०, वसन्त आचार्यले ५ हजार पाँच सय ५५, देवराज विश्वकर्मा, ५ हजार, श्याम डाँगीले ५ हजार, जानका रेग्मीले ५ हजार, युवा करारा ५ हजार, तिलक वली दुई हजार पाँच सय, टोपबहादुर डाँगी एक हजार पाँच सय ५, गोपी बुढाथोकी एक हजार र विवेक कवरले एक हजार रुपैयाँ सहयोग गरेका छन् ।
मृगौला रोगबाट पीडित बस्नेतको काठमाडाँैको ग्राण्डीमा उपचार भइरहेको उपचार सहयोग समितिका सदस्य मानबहादुर रावतले जानकारी दिए ।