२०८१ बैशाख १२ गते बुधवार

गर्भवतीको हेलिकप्टरमा उद्धार

जाजरकोट, मङ्सिर २४ । सुत्केरी हुन नसकेर गर्भमै बच्चाको मृत्यु भएपछि एक महिलाको जीवन बचाउन हेलिकप्टरमा उद्धार गरिएको छ ।

बारेकोट गाउँपालिका–२ रोकायगाउँकी ४२ वर्षीया मैसरी थापाको आज दिउँसो उद्धार गरिएको हो । लिम्सास्थित स्वास्थ्य चौकीले सुत्केरी हुने मिति मङ्सिर ८ गते तोकेको थियो । तोकेको मितिमा बच्चा नजन्मेपछि मङ्सिर २३ गते लिम्लास्थित स्वास्थ्य चौकीमा ल्याएर जाँच गर्दा बच्चा पेटमै मृत्यु भएको पाइएको थियो ।

गर्भमै बच्चाको मृत्यु भएपछि थापाको जीवन बचाउनका लागि बारेकोट गाउँपालिकाको समन्वय र घरआँगन संस्थाको आर्थिक सहयोगमा उनलाई हेलिकप्टरमा लिम्साबाट पोखराको मनिपाल अस्पताल भर्ना गरिएको संस्थाका दीपक सिलवालले जानकारी दिए । थापा पाँचौँ पटक सुत्केरी हुँदै थिइन् । दुई चिकित्सकको दरबन्दी भएपनि लिम्सा स्वास्थ्य चौकी अहिले चिकित्सकबिहीन छ । चिकित्सक नहुँदा उपचारका लागि यहाँका बासिन्दा अन्यत्र जानुपरेको स्थानीयवासी कालीप्रसाद थापाले बताए ।

प्रकाशित मिति : २०७५ मङ्सिर २४ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *