काठमाडौं, पुस ५ । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गरे लगतै उनी विरुद्ध बहुमत सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गरेको खवर सार्वजनिक भएको छ ।
नेकपाका सचेतक देव गुरूङले मन्त्रिपरिषद्ले संसद विघटनको सिफारिस गर्ने निर्णय गरे लगतै नेकपाका ९० जना सांसदहरूले प्रधानमन्त्री बिरुद्ध सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गराएको जानकारी दिए ।
सचेतक गुरूङले संविधानको धारा १०० को उपधारा ४ बमोजिम आफूहरूले अविश्वास प्रस्ताव दर्ता गरेको जानकारी दिए ।
उक्त उपधारामा संसदका एक चौथाइ सदस्यले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न सक्ने प्रावधान छ ।
९० सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गरेको घटना सार्वजनिक हुनुले प्रधानमन्त्री संसदमा समेत चरम अल्पमतमा रहेको स्पष्ट देखिन्छ ।
प्रकाशित मिति : २०७७ पुष ५ गते आइतवार