२०८१ फाल्गुन ६ गते मङ्गलवार

व्यापारीलाई कुटपिट गरि १२ लाख लुटेको अभियोगमा एकजना पक्राउ

दाङ, मंसिर २२ ।
एकजना व्यापारीलाई कुटपिट गरि १२ लाख नगद लुटेको अभियोग लागेको व्यक्ति पक्राउ परेका छन् । घोराही उपमहानगपरपालिका वडा नं. ५ निवासी ५६ बर्षीय मानसिंह ओलीको १२ लाख नगद लुटपाट गरेको अभियोगमा दाङकै राजपुर गाउँपालिका वडा नं. ५ सालभौरी निवासी ३५ बर्षीय डिल्लीबहादुर रोकाया पक्राउ परेका छन् ।

मंसिर १९ गते बेलुका साढे सात बजेको समयमा रोकायासहितका ४-५ जना व्यक्तिहरुले आक्रमण गरि ओलीको साथबाट मंसिर १९ गते १२ लाख नगद लुटेको प्रहरीले जानकारी दिएको छ । दाङको राजपुर गाउँपालिका वडा नं. ५ भेटनी खोलाको ढुङ्गा खरिद गर्न भनि गएका ओलीको साथ बाट रोकाया लगाएका व्यक्तिले कुटपिट गरि १२ लाख नगद लुटपाट गरेर फरार भएका थिए ।

जिल्ला प्रहरी प्रवक्ता एवं डिएसपी रामप्रशाद घर्तीले व्यापारीलाई कुटपिट गरि रकम लुटपाट गर्ने रोकायालाई राजपुर गाउँपालिका वडा नं. ७ स्थित सिक्टा गाउँमा लुकिछिपी बसेको अवस्थामा शुक्रवार पक्राउ गरेको जानकारी दिए । पक्राउ परेका रोकायाको साथ बाट नगद दश लाख ५० हजार रकम समेत बरामद भएको प्रहरीले जानकारी दिएको छ । घटनामा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको प्रवक्ता घर्तीले बताएका छन् ।

प्रकाशित मिति : २०७५ मङ्सिर २२ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *