देविराम कुसारी
गाेल्टाकुरी, मंसिर २१ । गाेल्टाकुरीका महिला अधिकारकर्मीले कानुनकाे पुर्ण कार्यान्वयन नहुदा महिला हिंसा वढेकाे वताएका छन् ।
सरकारले वनाएका कानुन सरकार स्वयम् र सरकार माथहतका निकायले कार्यान्वयन नगर्दा सम्म अाफुहरु असुरक्षित भैरहने भन्दै कानुन पुर्ण कार्यान्वयनका लागि उनिहरुले सरकारसंग माग गरेका छन् । महिला हिंसा विरुद्धकाे १६ दिवशिय अभियान अन्तरगत गाेल्टाकुरीमा भएकाे बृहत् अन्तरकृयामा वाेल्दै उनिहरुले बिहिवार गाेल्टाकुरीमा वाली माथि भएकाे अमानविय व्यवहारकाे भ्रत्साना समेत गरेका छन् ।
नेपाल महपला सामुदायिक सेवा केन्द्र घाेराही र नागरिक अावाज ललितपुरकाे सझेदारी कार्यक्रम शान्ति परियाेजना प्रमुख वसन्त पाेख्रेलकाे अध्यक्षतामा भएकाे कार्यक्रममा वाेल्ने सहभागिले स्थानिय त पनि महिला हिंसाका वारेमा गम्भीर हुनुपर्ने माग गरेका थियए ।
कार्यक्रमकाे प्रमुख अतिथिकाे अाषण वाट वाेल्दै दंगिशरण १ का महिला सदस्य जानकी चाैधरीले महिला हिंसाका नयाँ रुप देखा परेकाे तर्फ सचेत गराएकी थिइन् । कार्यक्रममा महिला अधिकारकर्मि तथा अामा समुहका तेजा देवकाेटा, पवित्रा डागी, सीता वस्नेत, निलम केसी, विमला केसी, मिना परियार, दुजा बुढा लगाएतले बोलेका थिए । शान्ति स्वयम् सेवक पारस खड्काकाे स्वागत मन्तव्य वाट सुरु भएकाे कार्यक्रममा डिना चाैधरी, टीका डागी, खिमा केसी, जानका वस्नेत, खिमा केसी, हेम कुमारी कुसारी, पवित्रा चाैधरी, खुमा खड्का लगाएतले बोलेका थिए । कार्यक्रममा महिला हिंसा पिडित शुन्तली नेपाली र लक्ष्मि विकलाई वाख्रा सहयाेग गरीएकाे थियाे ।