दाङ, मंसिर २१ ।
अश्वत बन्दुकधरीले गोली चलाउँदा अमेरिकामा घाइते भएका विनोद जेठारालाई दाङका पत्रकार देविराम कुसारी र अमेरिका निवासी उनका कान्छा भाइ टिकाबहादुर कुसारीले एक लाख आर्थिक सहयोग गरेका छन् ।
अमेरिकाको टेक्सासस्थित ब्रायान भन्ने स्थानमा रहेको एप्पल स्टप नामक ग्याँस स्टेसनमा कार्यरत नेपालका जेठारालाई गत सोमबार बिहान ग्राहक बनेर आएको एक अश्वयत बन्दुकधारीले गोली हानेको थियो ।
बिहान पसल खोल्ने बेला चलाएको गोली जेठाराको मुटुमा लागेको छ । यसरी गोली लागि सख्त घाइते भएका जेठाराको उपचारमा आर्थिक समस्या भएपछि दाङका पत्रकार कुसारी र उनका भाइले नेपाली एक लाख ९१ रुपैयाँ नगद सहयोग गरेका हुन् । दुःख पर्दाको पीडालाई महसुस गरी आफूहरुले सहयोग गरेको कुसारी दाजुभाइले जानकारी दिए ।
कुसारी दाजुभाइले यसअघि पनि विभिन्न व्यक्ति तथा सामाजिक क्षेत्रमा सहयोग गर्दै आएका छन् । जेठाराको उपचारका लागि टेक्सास निवासी धनबहादुर कुसारीले थालेको अभियानबाट चार दिनमै करिव १५ लाखभन्दा बढि रकम उठेको छ ।
घाइते जेठाराको हाल ब्रायानस्थित सेन्ट जोसेफ अस्पतालमा उपचार भैरहेको छ । जेठाराको मुटुमा गोली लागेको हुँदा अवस्था गम्भीर भए पनि उपचारमा कुनै कमि नहुने अस्पताल स्रोतले दाबी छ । विगत एक वर्ष देखि टेक्सास बस्दै आएका जेठाराको घर नेपालमा कञ्चनपुर जिल्लाको धनगढीको पुनर्वास हो ।