२०८३ असार ६ गते शनिवार

तुलसीपुरमा खुकुरी हानाहान दूई किशोर घाइते

तुलसीपुर, असोज १० । तुलसीपुरमा खुकुरी हानाहान हुँदा दूई किशोर घाइते भएका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहले आपसी खुकुरी हानाहानमा १७ -१८ बर्षका किशोरहरु रोहन श्रेष्ठ र विकाश नेपाली घाइते भएको जानकारी दिए ।

घाइतेहरु मध्य श्रेष्ठलाई पछाडि फिलामा र नेपालीलाई हातमा खुकुरीको गहिरो चोट लागेको छ ।
डिएसपी सिंहले घाइते दुबै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रारम्भीक उपचार पछि थप उपचारका लागि कोहलपुर रेफर गरिएको बताए ।

‘ दुबै जना फूटवल खेल्दा खेल्दै आपसमा विवाद गरि खुकुरी हानाहान गरेको भन्ने छ,’ डिएसपी सिंहले भने ‘ घटनावारे अनुसन्धान थप अनुसन्धान भइरहेको छ ।’

उनीहरुले तुलसीपुरको गोरखा बोर्डिङ स्कूल पछाडि बेलका पौने ८ बजेतिर फूटवल खेल्दा खेल्दै आपसमा सामान्ने विवाद पछि खुकुरी हानाहान गरेको प्रहरीले बताएको छ । घाइते दुबै जना तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ का हुन ।

प्रकाशित मिति : २०७७ असोज १० गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *