२०८३ कार्तिक १३ गते बिहिवार

५५ मिटर मुनी खस्यो अटो, एक जनाको घटनास्थलमै मृत्यु, चालक घाइते


दाङ , कात्तिक १२ ।


मध्य राति अटो अनियन्त्रित भइ करिब ५५ मिटर मुनी खस्दा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । अटो चालक घाइते छन् ।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक इश्वर रोकायाका अनुसार त्यो दुर्घटनामा परि जिल्लाको छत्रेश्वरी गाउँपालिका–५ सिर्बालीका ३५ वर्षीय रेशम राउतको घटनास्थलमै मृत्यु भएको हो ।


चालक चालक ३४ वर्षीय निर्मल कवर मगर घाइते छन् । प्रहरीका अनुसार उनको अवस्था मध्यम छ । मगरलाई उपचारका लागि दाङको घोराहीस्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान तर्फ पठाइएको प्रहरीले जनाएको छ ।


बिहीबार बिहान करिब साढे १ बजेतिर भित्री सडक खण्ड अन्तर्गत मोख्ला बजारबाट माथिल्लो मोख्लातर्फ जाँदै गरेको रा १ ह ६१२६ नम्बरको अटो बागचौर नगरपालिका–१० माथिल्लो मोख्ला नजिकै करिब ५५ मिटर तल खसेको थियो ।
दुर्घटना बारे थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ कार्तिक १३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *