२०८२ जेष्ठ ११ गते शुक्रवार

श्रृंखला मिस वर्ल्डको फाइनलमा, मल्टिमिडिया अवार्ड नेपाललार्इ

मंसिर १७ । मिस वर्ल्ड २०१८ मा प्रतिस्पर्धा गरिरहेकी श्रृंखला खतिवडाले मल्टिमिडिया अवार्ड जित्दै अन्तिम ३० मा आफ्नो स्थान सुरक्षित बनाउन सफल भएकी छिन् ।

मल्टिमिडिया अवार्डका लागि नेपालसहित केन्या, चीन, पोर्टो रिको र बेलायत सान्या टुरिजम भिडियो च्यालेञ्जको उत्कृष्ट ५ मा परेका थिए ।

मल्टिमिडिया अवार्डका विजेता एउटा मात्र हुने भएकाले यी तीन फाइनालिस्टमध्ये केन्या र मेक्सिकोलाई पछि पार्दै  श्रृंखलाले मल्टिमिडिया अवार्ड हात पार्न सफल भएकी हुन् । मल्टिमिडिया अवार्ड जिते संगै श्रृंखला आधिकारिक रुपमा मिस वर्ल्ड २०१८ को अन्तिम ३० मा पुग्न सफल भएकी छिन् ।

प्रकाशित मिति : २०७५ मङ्सिर १७ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *