२०८१ माघ १२ गते शनिवार

कर्णालीका प्रदेश सांसद श्रेष्ठलाई कोरोना पुष्टि

सुर्खेत,भदौ २२ । कर्णाली प्रदेश सभाका सांसद दिनबन्धु श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला प्रयोगशालामा गरिएको परीक्षणमा श्रेष्ठलाई संक्रमण पुष्टि भएको हो ।

जुम्लाबाट निर्वाचित श्रेष्ठ एक महिनादेखि खलंगा बजारमै रहेका थिए । ‘जुम्लामा दिनहुँ संक्रमणको दर बढ्दो छ । मलाई भेट्न धेरै कार्यकर्ता आउन थालेपछि पीसीआर परीक्षण गरेको थिएँ,’ अध्यक्ष श्रेष्ठले भने, ‘कोरोना संक्रमण पुष्टि भएको खबर आएको छ ।’अहिले आफू होम आइसोलेसनमा रहेको कुनै लक्षण नदेखिएको अध्यक्ष श्रेष्ठले बताए । ‘मलाई कोरोनाको लक्षण देखिएको छैन ।

म घरमै आइसोलेसनमा बसिरहेको छु,’ उनले भने, ‘मेरो सम्पर्कमा रहेकाहरुलाई पनि नआत्तिन आग्रह गर्छु । सबैको पीसीआर परीक्षण गर्ने काम हुन्छ ।’

प्रकाशित मिति : २०७७ भाद्र २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *