२०७८ बैशाख २८ गते मङ्गलवार

रुपन्देही र चितवनमा गरि दूई संक्रमित महिलाको मृत्यु

दाङ, भदौ १८ । रुपन्देही र चितवनमा गरि दूई जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । बुधबार साँझ ७ बजे अस्पताल ल्याइएकी रुपन्देहीको सैनामैना ११, सालझण्डीकी ७७ वर्षीया महिलाको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको आइसोलेसनमा विहीवार विहान ४ बजे मृत्यु भएको छ । बुधवार बेलुका नै पिसिआर परीक्षण गर्दा उनलाई संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै चितवनमा थप एकजना कोरोना संक्रमितको मृत्यु छ।चितवन मेडिकल कलेजमा उपचारत भरतपुर–११ की ४० बर्षीया महिलाको मृत्यु भएको छ । भदौ ६ गते अस्पताल भर्ना भएकी ती महिलालाई भदौ १० गते कोरोना संक्रमण पुष्टि भएको थियो । भेन्टिलेटरमा उपचारको क्रममा उनको गएराति करिव साढे १२ बजे भन्दा केही अगाडि मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७७ भाद्र १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *