२०८१ माघ १२ गते शनिवार

सल्यानवाट बिप्लवका २ कार्यकर्ता पक्राउ

दाङ,भदौ १७ । सल्यानमा सरकारद्धारा प्रतिवन्धित बिप्लव नेतृत्वको नेकपाका दूई कार्यकर्ता पक्राउ परेका छन् ।
स्थानीय व्यापारी र जनप्रतिनिधि संग चन्दा मागेर अशान्ति मच्चाएको भन्ने गोप्य सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

पक्राउ परेका दुबै कार्यकर्ता सुर्खेतका हुन । प्रहरीका अनुसार उनीहरु दुबै जनालाई सल्यान जिल्लाको कालिमाटी गाउँपालिका वडा नं. ६ स्थित जलजला भन्ने ठाउँवाट सोमवार विहान ८ बजे पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा विप्लवका भेरी कर्णाली व्यूरो सदस्य तथा सुर्खेत जिल्लाको चिङगाड गाउँपालिका वडा नं. २ निवासी ५० बर्षीय महेश भनिने आइते विक र सुर्खेतको गुर्भाकोट नगरपालिका वडा नं. २ निवासी ४२ बर्षीय तिलकबहादुर वली रहेको प्रहरीले बताएको छ । पक्राउ परेका विरुद्ध आवश्यक कानुनी कारबाहीको प्रक्रिया सुरु भइसकेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७७ भाद्र १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *