दाङ,भदौ १४ । सर्पले डसेका बालकलाई मोटरसाईकलमा अस्पताल लैजाने क्रममा भएको दुर्घटनामा बालकसहित दूई जनाको मृत्यु भएको छ ।
दूर्घटनामा परि मोटरसाईकल चालक राप्ती सोनारी गाउँपालिका वडा नं। १ का ३२ बर्षीय केवन देवकोटा र सर्पले डसेका बालक ३ बर्षीय लिलाधर खड्काको मृत्यु भएको छ ।
आइतवार विहान ४ बजेर ४० मिनेट जाँदा बाँकेको शमशेरगञ्जमा रहेको सशस्त्र प्रहरी क्याम्पस अगाडि इन्ट्री गर्नको लागि रोकि राखेको ना ४ ख २१३९ नम्बरको ट्रकमा भे ८ प २२३८ नम्बरको मोटरसाइकल ठोक्किदा चालक र बालकसहित तीन जना घाइते भएका थिए ।
घाइते मध्य चालकको कोहलपुर तर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी सुवाश खड्काले फरककोणलाई जानकारी दिए ।
अर्का घाइते ३ बर्षे बालक खड्काको पनि उपचारका क्रममा भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको खड्काले बताए ।
बालक समातेर मोटरसाईकलमा सवार उनकी आमा अन्दाजी २१ बर्षीया कौशिला खड्का घाइते भएकी छन् । उनको भेरी अस्पताल नेपागञ्जमा उपचार भइरहेको खड्काले जानकारी दिए ।
‘सर्पले डसेको बच्चालाई छिटो अस्पताल पु¥याउने उदेश्यले बाइक तीब्र गतिमा चलाएको हुन सक्छ,’ डिएसपी खड्काले भने ‘चालक हतास भएर वा आत्तिएको भएरपनि उक्त दूर्घटना भएको अनुमान गरिएको छ ।’
इन्ट्रिगर्न भनि रोकेर राखेको ट्रकमा मोटरसाईकल ठोक्किनुलाई चालक आत्तिएको रुपमा बुझ्न सकिने खड्काले तर्क गरे ।
घटनावारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।