२०८३ कार्तिक १५ गते शनिवार

बाँकेमा १३ किलो गाँजासहित २ व्यक्ति पक्राउ

दाङ, भदौ १४ । बाँके प्रहरीले १३ किलो गाँजासहित दूई व्यक्तिलाई पक्राउ गरेको छ । जिल्लाको कोहलपुर नगरपालिका वडा नं. ११निवासी ४२ बर्षीय विसराम थारु र राप्ती सोनारी गाउँपालिका वडा नं. ५ गोरधुई निवासी २५ बर्षीय रामबहादुर चौधरी पक्राउ परेका छन्।

चेकजाँचका क्रममा उनीहरु दुबै जनालाई इलाका प्रहरी कार्यालय बनकट्टीबाट खटिएको प्रहरी टोलीले शनिवार राति सवा नौं बजेतिरपक्राउ गरेको थियो ।

जिल्ला प्रहरी प्रबक्ता डिएसपी सुवाश खड्काका अनुसार उनीहरुले दूईवटा प्लाष्टिकको बोरा र प्लाष्टिकको दूईवटा झोलामा १३ किलोलागु औषध गाँजा ओसार पसार गर्दै गर्दा पक्राउ परेका हुन ।

पक्राउ परेका व्यक्तिहरु माथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७७ भाद्र १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *