२०८३ साउन १ गते शुक्रवार

मध्यरातमा झारफूक गर्न बोलाएर दूई महिलामाथि बलात्कार

दाङ, भदौ १४ । बाँकेमा एकजना झारफूक गर्ने व्यक्तिले मध्यरातमा दूई महिलालाई बोलाएर बलात्कार गरेको आरोप लागेको छ ।

जिल्लाको डुडुवा गाउँपालिका वडा नं ५ कम्दी निवासी अन्दाजी ४५ बर्षीय नजिर महोमद साहले नेपालगञ्जका दूई महिलालाई झारफूकका लागि बोलाएर मध्यरातमा जवरजस्ती बलात्कार गरेको प्रहरीले बताएको छ ।

बाँकेका जिल्ला प्रहरी प्रबक्ता डिएसपी सुवाश खड्काकाले साहले भदौ १० गते १२ बजेतिर नेपालगञ्जबाट झारफूकका लागि पुगेका २८ र ३० बर्षीया दूई महिलालाई जवरजस्ती बलात्कार गरेको भन्ने जाहेरी प्रहरीमा परेको जानकारी दिए ।

आरोपित साह स्थानीय समाधिको रेखदेखको काम गर्दै आएका व्यक्ति हुन ।

डिएसपी खड्काका अनुसार समाजले उनका बुवालाई समाधि स्थलको रेखदेखको जिम्मा दिएको थियो । बाबुको मृत्यु पछि छोराले उक्त समाधिको रेखदेख गर्दै आएका थिए । त्यही बीचमा उनले झारफूकको काम समेत गर्दै आएका थिए ।

त्यो थाहाँ पाएपछि आफ्ना बच्चा विरामी भइरहने दूई महिला सल्लाह गरेर उनलाई झारफूक गराउन भनि गए । तर उनले ती दुबै महिलालाई रातिमा समाधिस्थलमा बोलाए ।
मध्य रातमा पुगेका दुबै महिलालाई उनले छुट्टा छुट्टै कोठामा लगेर जवरजस्ती बलात्कार गरेको कुरा पीडितले जाहेरीमा उल्लेख गरेको डिएसपी खड्काले बताए ।

‘पीडित महिलाहरु भदौ ११ गते प्रहरीमा आएर आफुमाथि भएको अत्याचारको विरुद्ध जाहेरी दिनुभयो,’ डिएसपी खड्काले भने ‘जाहेरी परेकै दिन हामीले आरोपितलाई पक्राउ गरेर ल्याएर म्याद थप गरि अनुसन्धान सुरु गरेका छौं।’

साहमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७७ भाद्र १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *