२०८१ माघ १२ गते शनिवार

बढी मूल्यमा यूरिया बेच्ने ३ जना व्यापारी पक्राउ

दाङ, भदौ १० । बजार मूल्य भन्दा तेब्बर बढी मूल्यमा यूरिया मेल बेच्ने तीन व्यापारी पक्राउ परेका छन् ।
गढवा गाउँपालिका वडा नं। ५ निवासी सुनिल पोखरेल, वडा नं। ६ निवासी राजकुमार गुप्ता र सोही ठाउँका युवराज पाण्डेलाई पक्राउ परेको जिल्ला प्रहरी प्रबक्ता सुमित खड्काले जानकारी दिएका छन् ।

उनीहरुले आफ्नो पसलवाट बजारमा प्रतिबोरा ७ सय २१ रुपैंयामा किन्न पाइने यूरिया मल प्रतिबोरा २ हजार ४ सयका दरले विक्रि गर्दै आएको गुनासोको आधामा पक्राउ गरिएको डिएसपी खड्काले जानकारी दिए ।

गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गढवा र जिल्ला प्रशासन कार्यालयवाट खटिएको संयुक्त अनुगमन टोलीले साउन २२ गते उनीहरुलाई पक्राउ गरेको थियो ।

सर्वसाधारण उपभोक्तालाई ठगी गरेकाले उनीहरुलाई मुलुकी फौजदारी कार्यविधि संहिता अनुसार कारवाही सुरु भएको डिएसपी खड्काले जानकारी दिए ।

 

प्रकाशित मिति : २०७७ भाद्र १० गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *