२०८१ बैशाख १३ गते बिहिवार

ढाईलाख रकम पचाउन हार्डवयर व्यवसायीको हत्या

दाङ, मंसिर १६ । सामान किनेको रकम पचाउन ग्राहकले नै घोराहीका हार्डवयर व्यवसायीको हत्या गरेको रहस्य सार्वजकि भएको छ । रोल्पा जिल्लाको माडी गाउँपालिका वडा नं. ३ तालावाङ निवासी २८ बर्षीय अमर खत्रीले उभारोमा सामान लगेको दुई लाख ५४ हजार रकम पचाउनका लागि हार्डवयर व्यवसायी ४५ बर्षीय नन्दबहादुर घर्तीको हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

हत्या आरोपित खत्रीले गत भदौ महिनादेखि घोराहीमा आफ्नो नयाँ घर निर्माण गरिरहेको र त्यो घर निर्माण गर्न आवश्यक सामाग्री घर्तीको घोराहीस्थित हार्डवयर पसल वाट लैजाने गरेका थिए ।

दाङ जल्ला प्रहरी प्रमुख एवं एसपी बेलबहादुर पाण्डेका अनुसार खत्रीले घर्तीको पसल बाट हालसम्म ४ लाख ४ हजार जतिको निर्माण सामाग्री लगेपनि जम्मा डेढ लाख रुपैंया मात्रै दिएका थिए । त्यही रकम पचाउनका लागि खत्रीले घर्तीको हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

विहीवार नै खत्रीले घर्तीको हत्या गर्ने षडेन्त्रको तानावान बुने । विहीवार साढे ५ बजेतिर खत्रीले त्यही सोचका साथ छुरी किनेर घर्ती कहाँ पुगे । त्यपछि खत्रीले घर्तीलाई एकजना दाईले पैंशा लिन आईज भनेको हुँदा पैंशा लिन जाउँ भनि पसलै बाट बोलाएर लगेका थिए ।

‘ पैंशा पाउने आशामा गएका घर्तीलाई केही पर एकान्तमा लगेर छातिमै छुरा रोपेर हत्या गरेको देखिन्छ ।’ एसपी पाण्डेले भने । त्यही क्रममा घर्तीले पनि सोही छुराले खत्रीमाथि प्रतिकार गरेको हुँदा खत्रीपनि घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

‘ खत्रीले तिर्नुपर्ने पैंशा पचाउनको लागि योजना बनाएरै हत्या गरेको स्वीकार गरेको छ ,’ एसपी पाण्डेले भने ।
घर्तीले घोराही उपमहानगरपालिका वडा नं. १४ नयाँ बसपार्कको पुल नजिकै माडी हार्डवयर पसल संचालन गर्दै आएका थिए । रोल्पा जिल्लाको माडी गाउँपालिका वडा नं. ६ कोर्चावाङ स्थायी घर भएका घर्ती बिहीवार बेलुका घोराही १३ लामीडाँडास्थित दुधेसोतामा गम्भीर घाइते अवस्थामा फेला परेका थिए । उनलाई स्थानीयले देखेपछि उद्धार गरि तत्कालै राप्ती श्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही लगेको भएपनि चिकित्सले मृत घोषणा गरेका थिए । यसैबीच घर्तीका आफन्तले भने अझैं शव बुझेका छैनन् । हत्यामा अरुको पनि संलग्नताको आशंका गर्दै परिवार जनले सबै दोषीहरुलाई कारवाहीको पहिचान गरि पक्राउ नपर्दा सम्म शव नबुझ्ने अडान लिदै आएका छन् । हार्डवयर व्यवसायी घर्तीको हत्याको विरोधमा शुक्रवार तुलसीपुर र घोराही क्षेत्रको बजार वन्द गरिएको थियो।

यो पनि पढ्नुहोस 

घोराहीमा छुरी प्रहार गरि व्यवसायीको हत्या

घोराही बाट एकजना व्यक्ति घाइते अवस्थामा पक्राउ

प्रकाशित मिति : २०७५ मङ्सिर १५ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *